२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

काेशी प्रदेशमा भित्रियाे मिथिला थाली, पाँचौं शाखा सञ्चालन

Logo
रिता दाहाल

सुनसरी, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्।

बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो शाखामा एकै पटक एक सय जना अतिथिलाई सेवा प्रदान गर्न सकिने व्यवस्था रहेको छ।

पत्रकार सम्मेलनमा बोल्दै मास्टर शेफ साहले भने, “आफूसँग भएकाे सिप र अनुभवलाई अहिले व्यावसायिक रूपमा विस्तार गरिरहेको छु। विराटनगरको यो शाखा मुलुकभरमा हाम्रो पाँचौं हो।” यसअघि उनले काठमाडौंको नक्साल (गैरीधारा) र गौशाला तथा ललितपुरको झम्सिखेलमा तीन शाखा र जनकपुरमा एक शाखा सञ्चालन गरिसकेका छन्।

विराटनगर शाखाको भविष्यका योजनाबारे जानकारी दिँदै साहले सेवा विस्तारपछि क्षमता बढाएर करिब २५० जनासम्म पुर्‍याउने लक्ष्य रहेको बताए। यस शाखामा मिथिला क्षेत्रका परम्परागत परिकारलाई प्राथमिकता दिइएको छ। ‘मिथिला थाली’मा तरुवा, तिलौरी, बिरिया, कडीबडी, चोखा, भात, घिउ रोटी र सलादलगायतका परिकार उपलब्ध छन्। ‘जनकपुर फिस हाउस’मा माछाका झण्डै १० प्रकारका परिकार उपलब्ध गराइने साहले जानकारी दिए। शाखाको सजावटमा मिथिला क्षेत्रको कला र संस्कृतिलाई प्रस्तुत गरिएको छ।

शेफ साह पछिल्लो समय अमेरिका, युरोप, न्युजिल्यान्ड, अष्ट्रेलिया र जापानसम्म नेपाली रैथाने परिकारको पप-अप शो प्रस्तुत गर्दै आएका छन्। तर, स्वदेशमा भने उनले ‘मिथिला थाली’ ब्रान्डको विस्तारमा विशेष जोड दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]