०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मन्त्री मन्सुरीको सक्रियतामा सहकारी बचतकर्ताकाे करोडौं रकम फिर्ता

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा गरिएको छ।

यस अभियानअन्तर्गत अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका मागदाबी गरेका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गरिएको जनाइएको छ। प्रदेश सरकारले ठूलो रकम जम्मा गरेका तथा साना बचतकर्तालाई समान रूपमा राहत पुग्ने गरी प्राथमिकताका आधारमा रकम वितरण गरिरहेको जनाएको छ। प्राप्त विवरणअनुसार दाबी गरेका पीडितको खातामै रकम सिधै पठाइएको छ, जसले बचतकर्तामा विश्वास र राहतको अनुभूति गराएको बताइएको छ।

सहकारी व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थामा १०१ वटा ऋण फुकुवा, २३० जना ऋणीबाट ऋण असुली तथा १६७ वटा बचत मिलानमार्फत ऋण समायोजन सम्पन्न भएको छ। यस प्रक्रियाबाट रु. १५ करोड ३७ लाख ४० हजार नगद ऋण असुली भएको छ भने बचत मिलानमार्फत रु. २ करोड ९० लाख ९८ हजार ६४ रुपैयाँ ७४ पैसा बराबरको ऋण समायोजन गरिएको तथ्यांक सार्वजनिक गरिएको छ।
त्यसैगरी, मागदाबी गरेका बचतकर्तामध्ये पहिलो चरणमा १७३ जनालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ। बाँकी बचतकर्तालाई पनि दाबीको अवस्था र उपलब्ध स्रोतका आधारमा चरणबद्ध रूपमा रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाइएको छ।

मन्त्री डा. इस्राईल मन्सुरीले सहकारी क्षेत्रप्रति जनविश्वास पुनःस्थापित गर्न, बचतकर्ताको हित संरक्षण गर्न तथा समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन्। उनका अनुसार सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै पीडित बचतकर्तालाई न्याय दिलाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक हो।
प्रदेश सरकारका अनुसार सहकारी सुधार, वित्तीय अनुशासन कायम गर्ने, बचतकर्ताको हित संरक्षण गर्ने तथा समस्याग्रस्त सहकारीको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आगामी दिनमा पनि बचत फिर्ता अभियानलाई निरन्तरता दिइनेछ। साथै, सहकारी पीडितलाई क्रमिक रूपमा राहत उपलब्ध गराउने प्रतिबद्धता सरकारले दोहोर्याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]