१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कांग्रेसकाे राष्ट्रिय भेला उद्घाटन गर्दै देउवा

Logo
जनचर्चा संवाददाता

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ ।

भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन २८ गते बिहीबार स्वदेश फर्किसकेका छन्। जेनजी आन्दोलनताका भएको आक्रमणमा घाइते भएका उनी फागुन १३ गते सिंगापुर एयरलाइन्सको उडानबाट उपचारार्थ सिंगापुर गएका थिए र चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए। झन्डै छ महिनापछि स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका शुभेच्छुकले भव्य स्वागत गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]