२७ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्छ

Logo
जनचर्चा प्रकाशित मंगलबार, बैशाख १७, २०७६

१७ वैशाख, संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे प्रश्न सोधिएको थियो । त्यसको जवाफमा सिंहले भने, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजायँ दिनुपर्छ ।’

उनले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको दावीसमेत गरे ।

अर्को एक प्रसंगमा उनले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए । ‘सरकारसँग दुई तिहाई बहुमत छ, संविधान केही होइन, कानुन केही होइन, भनेर रवैया देखाइरहेको छ,’ उनले भने ।

उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे । सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको उनले बताए ।

नेपाली कांग्रेसले सुरु गर्न राष्ट्रिय जागरण अभियान कांग्रेस नेता सिंह पूर्वी नेपालका जिल्ला भ्रमणमा छन् । केन्द्रीय सदस्य बलबहादुर केसी सरिता प्रसाईंसहित आधादर्जन पूर्व सांसद र आधा दर्जन जिल्ला सभापतिसहित सिंह दुई दिनदेखि संखुवासभा जिल्लाका कार्यक्रममा व्यस्त छन् । उनले सोमबार निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनको स्थलगत निरीक्षण समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]