२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

जलवायु न्याय आवश्यक, धनी देशले मूल्य तिर्नुपर्छ : महासचिव गुटेरेस

Logo
जनचर्चा संवाददाता

वासिन्ङ्गटन, असाेज ७ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे दिएको चेतावनी अहिले नेपालमा भएका दुःखद घटनाहरूले सत्य साबित गरेको बताएका छन्। मंगलाबार महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै  उनले नेपालका हिमाल तीव्र गतिमा पग्लिरहेको भन्दै दिएको चेतावनीलाई त्यतिबेला कतिपयले बढाइचढाइ भनेका थिए, तर अहिलेका घटनाले जोखिम अपेक्षाभन्दा चाँडै र व्यापक रूपमा देखा परिरहेको उनले औँल्याए। जलवायु परिवर्तनको मूल्य कमजोर तथा गरिब देशहरूले तिरिरहेका तर उनीहरूले न्याय नपाएको बताउँदै गुटेरेसले प्रदूषण गर्ने धनी देशहरूले नै यसको भार बहन गर्नुपर्ने र जलवायु न्याय सुनिश्चित गर्नुपर्ने माग गरे। हानि-नोक्सानी कोषमा रकम लाजमर्दो रूपमा न्यून रहेको र थप शोषण हुन नहुने चेतावनी पनि उनले दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]