२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

कांग्रेसको ७५३ पालिकामा आज एकैसाथ अधिवेशन

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन ७  — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ पालिका अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि पार्टीले पालिका तहको नेतृत्व चयन प्रक्रिया आजैबाट अघि बढाएको हो।

पार्टीको नयाँ विधान तथा निर्वाचन निर्देशिका अनुसार हरेक पालिकामा सभापति, महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनेछन्, जबकि कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्नेछन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार यसअघि देशभर वडा तहका अधिवेशनहरू छिटपुट स्थान बाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भइसकेका छन्। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबारै अधिवेशन सकिएको छ भने मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ। भौतिक तथा मानवीय क्षति बेहोरेको रसुवामा भने विशेष परिस्थिति हेरी केही दिनपछि मात्र अधिवेशन गरिने निर्वाचन समितिकाे तयारी रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]