१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर महानगर कांग्रेसमा सभापतिको चुनावी भिडन्त, उपसभापति र सचिव सर्वसम्मत

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् ।

विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय कार्की अघिल्लो महानगर अधिवेशनमा पनि सभापतिका उम्मेदवार थिए । एक समय नेता कृष्णप्रसाद सिटौलाको निकट मानिएका उनी हालसालै संस्थापन पक्षमा देखिन थालेका छन् । अर्का उम्मेदवार गिरीले पार्टीलाई तल्लो तहसम्म सुधार्ने उद्देश्यले आफू उम्मेदवार बनेको र सबै कांग्रेसीका भावनालाई स्थान दिन अघि सरेको उनको भनाइ छ ।

अन्य पदमध्ये खुला उपसभापतिमा शुभाषिस कोइरालाको एक्लै उम्मेदवारी परेकाले उनी सर्वसम्मत भएका छन् । महिला उपसभापतिमा भने श्रुती शर्मा र कृष्णाकुमारी साहबीच प्रतिस्पर्धा हुनेछ । सचिवमा वीरेन्द्रप्रसाद यादव एक्ला उम्मेदवार भएकाले सर्वसम्मत ठहरिएका छन् भने एक सह–सचिवका लागि टीकाराम सापकोटा र दिवस गिरीबीच चुनाव हुने भएको छ ।

निर्वाचन समितिका अनुसार महानगर समितिको सदस्य पदका अधिकांश क्लस्टरमा सर्वसम्मत चयन भइसकेको छ । निर्वाचन समितिले मंगलबार मतदान गराउने तयारी गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]