२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

व्यापारीद्धरा नयाँ बानेश्वर सफाचट् !

Logo

काठमाडौ, असोज ११
नयाँ बानेश्वरका व्यवसायीले ‘हाम्रो बानेश्वर, राम्रो बानेश्वर’ मूल नाराका साथ बृहत् सरसफाइ अभियान सम्पन्न गरेका छन् । नयाँ बानेश्वर व्यापार व्यवसायी संघको नेतृत्वमा शनिबार शंखमूलबाट औपचारिक रुपमा सहर सरसफाइ अभियान सुरु गरिएको संघका अध्यक्ष रामशरण गिरीले बताए ।
कार्यक्रम उद्घाटन गर्दै काठमाडौं क्षेत्र नम्बर १ (क) का सांसद दीपेन्द्र श्रेष्ठले यस्ता अभियानले सहर सफा राख्न स्वयंलाई जागरुक बनाउने बताए । त्यस्तै अध्यक्ष गिरीले चाडपर्वलाई लक्षित गरी सुरु भएको सरसफाइ अभियानलाई बृहत अभियानको रुपमा अघि बढाइने समेत जानकारी गराए ।
संघका कोषाध्यक्ष रमेशमान शाक्यल यो अभियान जागरण अभियान भएकाले यसलाई निरन्तरता दिइने बताए । कार्यक्रममा काठमाडौं १० का अध्यक्ष रामकुमार केसी, ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी लगायत नयाँ बानेश्वर क्षेत्रका व्यापारी व्यवसायीको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]