२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

१५ लाख के को ? अस्पताललाई विरामीको प्रश्न

विराटनगरको म्याक्स अस्पताल फेरी तानियो विवादमा
Logo

दिनेश खड्का
विराटनगर, आसोज १३
विराटनगर स्थित महेन्द्र चौकमा रहेको म्याक्स अस्पतालले विरामीसँग अत्याधिक शुल्क लिने गरेको गुनासो बढ्न थालेको छ । भर्खरै मात्र उक्त अस्पताल भर्ना भएको एक व्यक्तिको मुत्यु भएपछि अस्पतालको मानोमानी बारे खुलासा भएको छ ।
मृत्यु हुनेमा भारतको बिहारस्थित किशनगंज जिल्ला निवासी वर्ष ३० को सुबोध कुमार साह रहेको छन् । ग्यास सिलिन्डर पड्केर घाइते भएका सुबोधलाई भाद्र २० गते धरान स्थित घोपा क्याम्पबाट विराटनगरको म्याक्स अस्पतालमा रेफर गरिएको थियो ।
केहि दिन पहिले आफ्नै घरमा ग्यास सिलिन्डर पड्किदा सुबोध लगायत उनको ३२ वर्षीय भाइ प्रमोद साह र सुबोधको २ वर्षे छोरा चन्चल साह घाइते भएका थिए । घाइते तिनै जनाको भाद्र २० गतेदेखी म्याक्स अस्पतालमा उपचार भइरहेको थियो ।
सुबोधका आमा भारती देविका अनुसार भर्ना भएदेखि नै बिरामीको स्वास्थ अवस्था ठिक रहेको अस्पतालले बताउदै आएको थियो । अस्पतालले आसोज १० गते अचानक बिरामीलाई मृत घोषणा गर्यो । भारती भन्छिन् “हामीलाई ९ गतेसम्म पनि बिरामीको अवस्था ठीकै भएको अस्पतालले जानकारी गराईरहेको थियो, भोलीपल्ट अचानक बिरामीको मृत्यु भएको जानकारी दियो”

एकदिन अघिसम्म बिरामी ठिकै रहेको जानकारी दिदै आएको आस्पतालले अचानक मृत घोषणा गर्दा मृतकको आफन्त सशंकित बनेका छन् । अस्पताल खर्च बढाउनका लागी आफुहरुलाई विरामीको अवस्थाको बारे गलत जानकारी दिईरहेको हुनसक्ने आफन्तजनको अस्पतालप्रति पहिलो शंका छ ।
मृतकको आफन्त भन्छन् “अस्पतालले हामीलाई गुम्राहमा राखेर पैशा असुल्न खोजिरहेको थियो वा अस्पतालको लापरवाहीले हाम्रो मान्छेको ज्यान गएको हुनुपर्छ । नभए एकदिन अघिसम्म ठिकै रहेका मान्छेको ज्यान कसरी जान सक्छ ?” शुक्रवारसम्म अस्पताल प्रशासनले सुबोध ५० प्रतिशत भन्दा बढी ठिक भइसकेको भन्दै आएको र भोलीपल्ट अचानक मृत्यु भएको घोषणा गरको मृतक पक्ष बताउछन् ।

मृत सुबोधका आफन्त हरि नारायण साहले अस्पतालले बेलाबखत पैसाको लागि यातना दिदै आएको समेत बताए । साहले हाल सम्म १५ लाख भन्दा बढी अस्पताल खर्चका लागी बुझाइ सकेपनि अस्पतालले विभिन्न मान्छे पठाएर थप पैसा बुझाउन यातना दिदै आएको र तत्काल पैसा नदिए हातपात गर्ने गरेको बताए । उनले भने  “अस्पतालमा रहेको फार्मेसीका एकजना कर्मचारीले जथाभावी रूपमा गाली गर्ने र हातपात गर्ने गरेको थियो तर अस्पताल प्रशासन भने यो विषयमा केही चासो दिएको देखिएन पक्कै पनि अस्पताल र फामेर्सीको अस्पतालको मिलेमतो हुनुपर्छ ”
१५ लाख के को ?
आस्पाल र फामेर्सी खर्च बापत मृतका आफन्तले हालसम्म १५ लाख भन्दा बढी बुझाइसकेका छन् । अस्पतालले थप पैशा बाँकी रहेको भन्दै दबाव दिन थालेसँगै हाल मृतक परिवारले अस्पतालसँग खर्च बारे खोजीनिति शरु गरेका छन् आस्पतालको १५ लाख बढीको बिलिङबाट मृतक परिवार असन्तुष्ट छन् । यस विषयमा खोजीनिति गर्ने सरकारी निकायको बारे मृतकका परिवारजन अनविज्ञ भएकाले उनीहरु हालसम्म उजुरको प्रक्रियामा नगएको बताउछन् ।

स्रोतका अनुसार म्याक्स अस्पालतलाई अहिले अस्पाताल संचालन गर्नै धौं धौं परी रहेको छ । अन्यन्तै न्युन विरामी भर्ना हुने भएकोले विरामीवाट आएको पैशाले अस्पताल संचालन गर्न ग्राहो छ । सोही काराण अस्पताल धान्नैका लागी भर्ना हुने थौरै बिरामीसँग जति सक्दो धेरै पैशा असुल्ने गरको स्रोत बताउँछ ।
यस विषयमा सरोकार राख्ने प्रदेश १ को समाजिक विकास मन्त्रालय हो । उक्त विषयमा संबन्धित मन्त्रालय र अन्य सरकारी निकायले छानविन गरी सत्थ तथ्य पत्ता लगाउन आवश्यक देखिएको छ ।
म्याक्स अस्पतालले विरामीहरुसँग अत्याधिक पैशा असुल्ने गरेको घटना यो भने पहिलो हैन् । यस अघि पनि ५० हजारको स्टिल लगाउन ९ लाख भन्दा बढी असुलेको विषयमा अस्पातल विवादमा तानिएको थियो ।

सुचना स्रोतहरु जेनवानन्युज डट कम, रातोकलम डट कम
यो पनि पढनुहोस् :भाँचिएको खुट्टामा ५० हजारको स्टील, अप्रेशन शुल्क १८ लाख १

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]