०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

मिस कोशीको ताज तेह्रथुमकी रेखालाई

मिसेस कोशीमा मोरङकी रेनुका
Logo

विराटनगर, असोज २५
पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्कीले जितेकी छिन् । उनले उपाधिसँगै नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । रेनुकाले पनि नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिले इटहरीमा आयोजना गरेको मिस कोशीको फाइनलमा ७ जना र मिसेस कोशीमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए ।
मिस कोशीतर्फको फस्ट रनरअप मोरङ बेलबारीकी अनु निरौला तथा सेकेण्ड रनरअप इश्वरी चोङवाङ्ग घोषित भइन् ।
यस्तै मिसेस कोशीको फस्ट रनरअप धरानकी दीपा सेन्चुरी विश्वकर्मा र सेकेण्ड रनरअप विराटचौकी पूजा सोनार घोषित भइन् ।
प्रतियोगिताको निर्णायकहरूमा चलचित्र निर्मता तथा निर्देशक बावुराम आर्याल, नर्सिङ्ग क्याम्प विराटनगरकी प्रमुख मनेकुा भण्डारी र मिस्टर नेपालको निर्देशक मिना श्रेष्ठ रहेका थिए ।
सोही अवसरमा नेपाली सिने क्षेत्रका चर्चित तीन जना कलाकारहरूलाई सम्मान पनि गरियो । कलाकार संघको अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्का, चर्चित अभिनेताद्धोय शिव श्रेष्ठ र धिरेन शाक्यलाई सम्मानित भएका हुन् । उनीहरू कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कलाकारिता क्षेत्रमा पु¥याएको योगदान कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जय मिडिया म्यानिजमेन्टका निर्देशक जय राज रायले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]