२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

झापाको फुलबारीमा मेला हेर्न पुगे डेढ लाख मान्छे

Logo

खेम पौडेल
झापा, आसोज २७
झापाको बाह्रदशी गाउँपालिका वडा नं ५ फुलबारीमा भव्यताका साथ दशै मेला सम्पन्न भएको छ । उक्त मेला बर्षेनी रुपमा फुलबारी चोकमा रहेको दुर्गा मन्दिर समितिले दशैको अन्तिम कोजाग्रत पुर्णिमाको दिन आयोजना गर्ने गरेको छ ।
यस बर्ष १ लाख ५० हजारको हाराहारीमा मानिसहरु मेला हर्न आएको बताईएको छ । कान्काईमाइ मेलापछि झापा जिल्लाकै दास्रो ठुलो मेलाको रुपमा चर्चा पाएको फुलबारी मेलामा झापा लगायत मोरङ,सुनसरी, सिराहा र इलामबाट मासिहरु आउने गरेको सिमितका अध्यक्ष सतनलाल हाडीको भनाई छ ।

सन्ताल नृत्य

मेलाको व्यापार

मेलाका संचार संयाजक जिवन धमलाले भारतको विहार र बंगालबाट पनि मासिहरु मेला हर्न आउने गरेको बताए । उनले यस पटक भारतवाट करिव ५ हजारभन्दा बढी मान्छे आएको अनुमान गरे ।
उक्त मेलाको मुख्य अकषर्णको रुपमा सन्ताल नृत्य प्रतिष्प्रर्धालाई लिने गरिएको छ । पहिले पहिले विषेशगरी राजवंशी र सन्थाल समुदायको मात्र बाक्लो उपस्थिती देखिने मेलामा पछिल्लो बर्षयता मुसलमान, जनजाती र आर्यन समुदायहरु पनिको सहभागता बढ्न थालेको बताईएको छ ।
स्थानिय उत्पादन कृषिजन्य पदार्थ, हस्तकला, खानेकुरा, खेलाउने बस्तुको मुख्य व्यापार हुने मेलामा साना ठुलागरी १ हजार व्यापारीले व्यापार ल्याउने गरेको समितिले बताएको छ । यस पटक उक्त मेलामा १ करोडभन्दा बढीको करोबार भएको बताईएको छ ।

तस्बीर आमसंचार डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]