०७ जेठ २०८३, बिहिबार
21-05-2026 , Thu
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

चिनियाँ दुतावास र नेपाली सुरक्षा निकायको आँकलन फेल

Logo

काठमाडौ, असोज २८
चिनियाँ दुतावास र नेपालका सुरक्षा निकायहरुले चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणको क्रममा स्वतन्त्र तिब्बत पक्षधरहरुले कालो झण्डा देखाउने आँकलन गरेका थिए । तर सिको दुई दिने नेपाल बसाईमा कसैले उनलाई कालो झण्डा देखानन् न त कसैले प्रत्यक्ष विरोध नै गरे ।
राष्ट्रपति सि को भ्रमणअघि सुरक्षालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ गरेको थियो ।
थ्रेट एनेलाइसिस रिपोर्टका अनुसार ‘फ्री तिब्बत अभियान’ मा संलग्न व्यक्तिले राष्ट्रपतिलाई सी लाई कालो झण्डा देखाउन सक्ने आँकलन गरिएको थियो । नेपालका सुरक्षा निकायहरुको विषलेशण पनि सोही रिपोर्टसँग मिल्दोजुल्दो थियो ।
के हो फ्री तिब्बत अभियान ?
चीनको एक प्रान्त रुपमा चिनिएको तिब्बतलाई स्वतन्त्र र छुट्टै राष्ट्रको रुपमा स्थापित गरिनु पर्ने त्यहाँका बासिन्दाले माग राख्दै आएका छन् । सन १९५० ताका चिनले बलमिचाई गरी तिब्बतलाई आफ्नो अधिनमा लिएको स्वतन्त्र तिबब्त पक्षधरहरुको भनाई छ । त्यस समय थुप्रै तिब्बतीहरु चिनको शासकको डरले तिब्बत छोडेर भारतमा शरण लिन पुगेको बताइन्छ ।
तत्कालिन समय तिबब्तबाट फारर भई भारत घुसेका तिब्बतीहरु अहिले विश्वभरिनै फैलिसेकेका छन् । उनीलहरुले अन्तराष्ट्रिय संजालनै बनाई तिब्बत स्वतन्त्र हुनु पर्ने विश्वभरीनै वकालत गरिरहेका छन् । फ्रि तिब्बत अभियान अन्तर्गत उनीहरुले स्वतन्त्र तिब्बतको पक्षमा विरोध प्रदर्शन एव् सभाहरु गर्दै आएका छन् ।

तेन्जिन ग्यात्सो, १४ औं दलाई लामा

दलाई लामा र तिब्बत
दलाई लामा तिब्बतका सर्वोच्च धर्मगुरु हुन् । वास्तबमा दलाई लामा कुनै नाम नभएर तिब्बतमा सर्वाेच्च धर्मगुरुलाई दिने पद हो । सर्वोच्च धर्मगुरुलाई नै तिब्बतमा राष्ट्र प्रमुखको पदवी दिने चलन छ ।
१९३३ मा १३ औं दलाई लामाको निधन पश्च्यात १९५० मा हालका दलाई लामा तिब्बतको १४ औं धर्मगरु बने । तर त्यस समय तिब्बत प्रति चिन आक्रमक बनिसकेको थियो । चिनियाँ शासककै त्रासले दलाई लामा र उनका अनुयायी तिब्बतबाट भागेर अन्य मुलुक पुगेको बताईन्छ ।

१९५९ मार्च १० तिब्बतीहरु चिनले गरको दमन विरुद्ध सडक अन्दोलनमा उत्रिएका थिए । त्यसक्रमा चिनले दलाइ लामा र उनका अनुयायीहरुलाई पक्राउ गर्ने खोजे पछि उनीहरु भारततर्फ पलाइन भएका थिए । अहिले पनि १० मार्चको दिन स्वतन्त्र तिब्बत पक्षधर एव तिब्बती शरणार्थिहरुले विश्वभर रहेको चाईनिज दुतावास अगाडि विरोध प्रद्धशनी गर्ने गरेका छन् । त्यसका साथै चिनका राष्ट्रपति कुनै कार्यक्रम वा भ्रमणमा विदेश पुग्दा त्यहाँ रहेका तिब्बती शरणार्थिहरुले विरोध प्रदर्शन गर्ने गरेका छन् ।

अर्कोतर्फ चिनले भने तिब्बत कहिले पनि आफैमा स्वतन्त्र नरहेको बताउँदै आएको छ । त्यस क्षेत्रको जनताको मागलाई मध्यनजर गर्दै तिब्बतलाई चिनको स्वतन्त्र प्रान्त बनाइएको चिन बताउँछ । तर देश नै टुक्रिने गरी तिब्बतलाई स्वतन्त्र बनाउनु पर्ने विषयमा चिनले असहमति राख्दै आएको छ ।

यो पनि पढ्नुहोस् : चिनियाँ राष्ट्रिपति सी लाई नेपालमा कालो झण्डा देखाइने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]