३१ साउन २०८३, आइतबार
16-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा गृहमन्त्रीको पुतला दहन

राजपाका सांसद साहलाई बिना शर्त रिहाइ गर्न माग
Logo

विराटनगर, असोज ३०
बिराटनगर राष्ट्रिय जनता पार्टी (राजपा)ले बिहिवार सांझ संघीय गृहमन्त्री राम बहादुर थापा बादलको पुतला दहन गरेको छ।

जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको भन्दै प्रहरीले पक्राउ गरिएको राजपाका सांसद साहलाई बिना शर्त अबिलम्ब रिहाइको माग गर्दै राजपा नेता मो कादिरको नेतृत्वमा बिराटनगर को माहाबिरचोकमा पुतला जलाईएको हो। बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय बिद्यार्थी संघका संयोजक बिपुल झाले जनप्रतिनिधिले जनताको दुखलाई बुझेर गरेको कार्य सराहनीय रहेको भन्दै सरकार पक्षले गरेको निन्दनीय कार्यको घोर भत्सना गर्दै साहलाई बिना शर्त अबिलम्ब रिहाई नगरे जस्तो सुकै कडा आन्दोलन गर्ने चेतावनी दिनु भयो।

बिरोध कार्यक्रमका संयोजक मो.कादिरले राज्यले जनताको दुख मर्म नबुझ्ने अनि आबाज उठाउनेलाई विभिन्न बहानामा दन्ड सजाय दिने यो सरकारको राबैयालाई अब जनताले कुनै हालतमा नस्विकार्ने बताउनु भएको छ। उनले साहलाई बिना शर्त अबिलम्ब रिहा नगरे कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी  समेत दिए  । बिरोध कार्यक्रममा केन्द्रिय सदस्य तबरेज हक , नगर अध्यक्ष बिनोद गुप्ता, बिद्यार्थी नेता धर्मदेब साह९सिक्कु० लगायत नेताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]