१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

प्रणामीद्धारा विरामीलाई भोजन

Logo

विराटनगर, कार्तिक २
श्रीकृष्ण प्रणामी युवा परिषद विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साहाकारी भोजन गराएको छ । परिषदले विराटनगरस्थित कोशीअञ्चल अस्पतालमा शनिबार निःशुल्क भोजन गराएको हो । उक्त संस्थाले विरामीलाई हप्ताको प्रत्येक शनिबार निःशुल्क भोजन गराएको दुई वर्ष भन्दा बढी भएको छ ।
हस्पिटलमा भर्ना भएका बिरामी र कुरुवालाई निःशुल्क भोजन गराउँदै आएको दुई वर्षभन्दा बढी भएको श्री कृष्ण प्रणामी युवा परिषद् विराटनगरका नगर अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । धार्मिक संस्था भए पनि सामाजिक कार्यमा पनि हात अगाडी बढाउदै विरामीको कुरुवाहरुलाई भोजन गराईएको उनले बताए । सामाजिक कार्य अनुरुप युवा परिषद्ले विभिन्न सघ संस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको छ । ‘अहिलेसम्म हामीले विभिन्न स्थानमा पुगेर भोजन गराउँदै आएको छौं,’ उनले भने, ‘पूण्य कमाउन हामीले यसरी बिरामी र कुरुवा तथा असहायहरूलाई भोजन गराउँदै आएका छौं ।’ पूण्य काममा कसैले सहयोग गर्ने चाहे सहयोग गर्न संस्थाले सार्वजनिक अपिल समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]