०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मारिए आईएसका नेता अल बग्दादी

Logo

एजेन्सी, कात्तिक ११ 
विश्व चर्चित आतंकवादी संगठन आईएसका नेता अल बग्दादी मारिएका छन ।

विश्वका सबैभन्दा खोजी गरिएका उनलाई अमेरिकी फौजले मारेको हो । फौजको कारबाहीमा परीे ठुलो सङ्ख्यामा अल बग्दादीका अनुयायीहरू मारिएका छन भने धेरैलाई नियन्त्रणमा समेत लिईएको छ । अमेरिकी विशेष फौजको घेराबन्दीमा परेपछि अल बग्दादीले एउटा “सुसाइड भेस्ट” समेत विस्फोट गराएका थिए ।

अल बग्दादी मारिएपछि अमेरिकी राष्ट्रपति डोनल ट्रम्पले भने, “अल बग्दादीलाई समात्नु वा मार्नुमा मेरो प्रशासनको प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता रहिआएको थियो । निकै कठिनाई र मृत्यु निम्त्याएका एक क्रुर हत्यारा हिंसात्मक रूपमा निर्मूल पारिएका छन ।” राष्ट्रपति ट्रम्पले मारिनेहरूमा उनकी दुई श्रीमती पनि रहेको पुष्टि गरेका छन ।

को थिए अल बग्दादी?

सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा चर्चामा आएको चरमपन्थी इस्लामवादी समूह ‘आईएस’ का नेता अल बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे । सन १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्मिएका उनी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए ।

अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए । सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो । सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताका रूपमा उदाए । पछि सो समूह आइएसमा समाहित भएको थियो । सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेको बेला बग्दादी उक्त सङ्गठनको उच्च नेतृत्वमा उदाए ।

सन २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्कवादी घोषणा गर्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]