०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सीपमुलक तालिमबाट ५० जना महिला आत्मनिर्भर

Logo

कात्तिक २१, विराटनगर
विराटनगरमा ग्रामीण भेगका महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको ३ महिने सीपमुलक तालिम बिहीबार सम्पन्न भएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा गत भदौदेखि सञ्चालनमा आएको ब्युटीसियन र सिलाई कटाई सम्बन्धित कोर्षको तालिमबाट ५० जना महिलाहरूले आधारभुत र सौन्दर्यता सम्बन्धी सीप लिई आत्मनिर्भर भएकी छिन । नि:शुल्क रुपमा हुँदै आईरहेको उक्त तालिममा बिशेष गरी ग्रामीण भेगका महिलाहरु सहभागी थिए । तालिममा सहभागी सबै महिलाहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

महिलाको हैसियत घरको काममा सिमित हुन्छ भन्ने सोच राख्नेहरुका लागि यी महिलाहरुमा आफुले पनि केही गरेर देखाउन सक्ने साहशको सिर्जना भएको एबीसी नेपालकी अध्यक्ष बिष्णु पन्त आचार्यले बताईन । उनीले तालिममा सहभागी सबै महिलाहरु अब बदलिँदो युगसँग पाईलामा पाईलामा मिलाएर हिँडनसक्ने योग्य भएको जिकिर गरिन । सोही अवसरमा डाउन टाउनले एबीसी नेपाल मोरङ्गलाई २ वटा सिलाई मेशिन हस्तान्तरण गरेको छ ।

तालिमको समापन कार्यक्रममा भने एबीसी नेपालकी अध्यक्ष बिष्णु पन्त आचार्य, महासचिव कविता बस्नेत, रोटरी क्लबका असिस्टेन्ट गभर्नर भैरव रिजाल र डिस्ट्रिक एडभाईजर बेनी गोपाल मुन्दरा लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]