१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सीपमुलक तालिमबाट ५० जना महिला आत्मनिर्भर

Logo

कात्तिक २१, विराटनगर
विराटनगरमा ग्रामीण भेगका महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको ३ महिने सीपमुलक तालिम बिहीबार सम्पन्न भएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा गत भदौदेखि सञ्चालनमा आएको ब्युटीसियन र सिलाई कटाई सम्बन्धित कोर्षको तालिमबाट ५० जना महिलाहरूले आधारभुत र सौन्दर्यता सम्बन्धी सीप लिई आत्मनिर्भर भएकी छिन । नि:शुल्क रुपमा हुँदै आईरहेको उक्त तालिममा बिशेष गरी ग्रामीण भेगका महिलाहरु सहभागी थिए । तालिममा सहभागी सबै महिलाहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

महिलाको हैसियत घरको काममा सिमित हुन्छ भन्ने सोच राख्नेहरुका लागि यी महिलाहरुमा आफुले पनि केही गरेर देखाउन सक्ने साहशको सिर्जना भएको एबीसी नेपालकी अध्यक्ष बिष्णु पन्त आचार्यले बताईन । उनीले तालिममा सहभागी सबै महिलाहरु अब बदलिँदो युगसँग पाईलामा पाईलामा मिलाएर हिँडनसक्ने योग्य भएको जिकिर गरिन । सोही अवसरमा डाउन टाउनले एबीसी नेपाल मोरङ्गलाई २ वटा सिलाई मेशिन हस्तान्तरण गरेको छ ।

तालिमको समापन कार्यक्रममा भने एबीसी नेपालकी अध्यक्ष बिष्णु पन्त आचार्य, महासचिव कविता बस्नेत, रोटरी क्लबका असिस्टेन्ट गभर्नर भैरव रिजाल र डिस्ट्रिक एडभाईजर बेनी गोपाल मुन्दरा लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]