१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

धितो २ करोड, ऋण १० करोड

बैंकका सिइओ सहित विराटनगरका रेशु र नरेन्द्र अग्रवाल मुछिए विवादमा
Logo

विराटनगर, कार्तिक २८
बिराटनगरबाट संचालित पार्थ इन्टरनेशनल कम्पनीले लिएको १० करोडको कर्जा शंकास्पद भएको पाईएको छ ।
उक्त लोन पास गर्ने नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत (सिइओ) जानेन्द्र ढुंगानालाई राष्ट्र बैंकले केरकार गर्न थालेपछि उक्त कुरा बाहिर आएको हो । उक्त विषयमा राष्ट्र बैंकले ढुंगानालाई गत भदौमा नै प्रष्टिकरण सोधिसकेको छ ।
पार्थ इन्टरनेशनलले १ करोड ८९ लाख रुपैयाँ भ्यालु भएको सम्पत्ति बैंकमा धितो राखेको थियो । उक्त धितोमा ९ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत भयो ।
उक्त कम्पनी रेशु अग्रवालको नामा दर्ता छ । अग्रवाल गृहीणी हुन् , व्यवसायी होईनन् । यी सबै खेलको पछि उनको श्रीमान् नरेन्द्र अग्रवालको हात छ भन्ने स्रोत बताउँछ ।
पार्थ इन्टरनेशनल २०७५ असार २० गते बाणिज्य कार्यलय विराटनगरमा दर्ता भएको थियो । कम्पनी दर्ता भएको २ हप्ता बित्न नपाउदै नेपाल बंगलादेश बैंकले ९ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत गरेको थियो ।
धितो भन्दा पाँच गुणा बढी ऋण दिईनु र आवेदन दिएको १० दिन बित्न नपाउदै ऋण पास हुनुमा राष्ट्र बैंकले आशंका व्यक्त गरेको छ ।
विवाद बाहिर आएपछि हाल नरेन्द्र अग्रवाल सम्पर्क बिहिन बनेका छन् ।

स्रोत : क्लिकमाण्डू डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]