०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

स्टक माल आउट, फ्रेस माल इन : जुत्ता–चप्पल मेला विराटनगर

Logo

विराटनगर, पुष १३
स्टकका जुत्ता चप्पल बेचबिखन गरेको आरोप खेपीरहेको विराट जुत्ता चप्पल मेलाले बिक्रि बितरण प्रणालीमा व्यापक सुधार ल्याएको छ । केही समयदेखि संचार माध्यममा आईरहेको नकारात्मक समाचारहरु प्रति मेला व्यवस्थापन समितिको गम्भिर ध्यानाकर्षण भएको भन्दै आवश्यक सुधारको लागी कदम चालिएको व्यस्थापन पक्षको भनाई छ ।
व्यवस्थापन समितिका प्रतिनिधि ओमप्रकाश घिमिरेका अनुसार स्टकको जुत्ता चप्पल बेचबिखन भईरहेको समाचार आएपछि, मेलामा सहभागी सबै ब्राण्डका जुत्ताचप्पल स्टलहरुलाई गुणस्थरीय समानहरु मात्र बेचबिखन गर्न सर्कुलर जारी गरिएको बताए । त्यस लगतै दैनिक रुपमा मेला व्यवस्थापन समितिले गुणस्थिरय मालसमान बेतबिखन भईरहेको छ/छैन बारे निरिक्षण समेत गरिरहेको घिमिरे बताउछन् ।
मेला व्यवस्थापन समितिले जुत्ताचप्पल बेचबिखनमा  सुधार ल्याएसँगै मेलामा जुत्ता–चप्पल किन्ने आउनेहरुको शंख्या पहिला भन्दा धेरै बढेको छ । मेलामा हाल मोरङ, सुनसरी लगाएत प्रदेश १ को विभिन्न जिल्लाका ग्राहकहरु जुत्ता चच्पल किनमेलका लागी आईरहेका छन् । त्यस बाहेक विराटनगरसँग सिमा जोडिएको भारतका विभिन्न क्षेत्रको मानिहरुको जुत्ता चप्पल मेलमा चहल पहल बढेको छ ।
मेलामा शिखर शु, वि.एफ डियर शु, शु लेण्ड, लैण्ड वाक, हाईलाइफ शु, रन श्ु ब्राण्डका जुत्ताचप्पलहरु विक्रिवितरणको लागी राखिएको छ । उक्त जुत्ताचच्पल मेलाको आयोजना नेपाली जुत्ता घरले गरिरहेको छ । नेपाली जुत्ता घरले नेपालको विभिन्न सहरमा यस्तो खाले मेला वर्षेनी आयोजना गर्ने गरेको छ । उक्त मेला पुष मसान्तसम्म विराटनगरको जैनभवनमा जारी रहने मेला व्यवस्थापन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]