१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

गरिब तथा विपन्नलाई न्यानो कपडा

Logo

विराटनगर, माघ १२
तराईमा बढ्दै गएको जाडोको प्रकोपलाई मध्यनजर गर्दै मानव सहयोगी हातहरु नामक सामाजिक संस्थाले मोरगको विभिन्न स्थानहरुमा न्यानो कपडा वितरणको कार्यलाई तिब्रता दिएको छ
संस्थाले शनिबार (माघ ११ गते) विराटनगर ८ विश्वकर्मा चौकका ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई १२० थान कब्बल विरतण गरेको छ ।
संस्थाले यसअघि (पुष २१ गते) मोरङ्गको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा बसोबास गर्दै आएका गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई न्यानो कम्बल र ज्याकेट वितरण गरिएको थियो । जसमा बालबालिकालाई १ सय ५० थान ज्याकेट र वृद्ध–वृद्धाहरुलाई १ सय थान कम्बल वितरण गरिएको थियो ।
त्यस अघि पनि उक्त संस्थाले विराटनगरको आशोक चोकमा गरिब तथा विपन्न वर्गलाई ६० थान कम्बल वितरण गरिसकेको छ । त्यस्तै हाटखोलाका सुकुम्बासीलाई १ सय थान कम्बल तथा बालबालिकालाई ८० थान ज्याकेट संस्थाले वितरण गरिसकेको छ ।
शनिबार (माघ ११ गते) विराटनगरको विश्वकर्मा चौकमा भएको न्यनो कपडा वितरण कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष सुमन कालिकोटेले युवाहरुलाई समाजिक कार्यमा उत्प्रेरित गर्न आफु अग्रसर रहेको बताए । उनले भने “समाजमा छरिएर बसेका युवाहरुमा हामीबाट पनि केही सकारात्मक सन्देश जाओस्, सबै युवा समाजिक कार्यमा जुटुन भन्ने हाम्रो ध्येय हो ”
त्यस्तै कार्यक्रममा बोल्दै संघिय सासंद अमनलाल मोदीले विकास तथा समाजिक काममा आफु कहिल्यै पछि नहट्ने र हेरक समाजिक कार्यमा आफ्नो सहभागीता रहेन प्रतिबद्धता व्यक्त गरे ।
सहभागी संस्थाका सल्लाकार समितिका अध्यक्ष प्रा.डा. रमेश प्रसाद अधिकारले समाजिक कार्य नै सबैभन्दा ठुलो धर्म हो र समाजिक कार्य गर्दा देवीदउतालाई पुजे भन्दा बढी धर्म प्राप्त हुने धारणा व्यक्त गरे ।
समाजसेवी ज्ञान ब.कार्की, समाजसेवी खडानन्द बास्तोला, ने.क.पा. क्षेत्र नं ४का संयोजक बाबुराम काकी, नेकपा महानगर कमिटिका सचिवालय सदस्य ज्ञानु भट्राई, नेकपा महानगर सचिवालय सदस्य सरसवती ओझा , सदस्य शिव आर्चाय, संस्थाका सल्लाहकार समितिका उपाध्यक्ष बासु नेपाल, सचिव ताजिम अंसारीको सहकार्यमा उक्त न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]