०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

गरिब तथा विपन्नलाई न्यानो कपडा

Logo

विराटनगर, माघ १२
तराईमा बढ्दै गएको जाडोको प्रकोपलाई मध्यनजर गर्दै मानव सहयोगी हातहरु नामक सामाजिक संस्थाले मोरगको विभिन्न स्थानहरुमा न्यानो कपडा वितरणको कार्यलाई तिब्रता दिएको छ
संस्थाले शनिबार (माघ ११ गते) विराटनगर ८ विश्वकर्मा चौकका ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई १२० थान कब्बल विरतण गरेको छ ।
संस्थाले यसअघि (पुष २१ गते) मोरङ्गको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा बसोबास गर्दै आएका गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई न्यानो कम्बल र ज्याकेट वितरण गरिएको थियो । जसमा बालबालिकालाई १ सय ५० थान ज्याकेट र वृद्ध–वृद्धाहरुलाई १ सय थान कम्बल वितरण गरिएको थियो ।
त्यस अघि पनि उक्त संस्थाले विराटनगरको आशोक चोकमा गरिब तथा विपन्न वर्गलाई ६० थान कम्बल वितरण गरिसकेको छ । त्यस्तै हाटखोलाका सुकुम्बासीलाई १ सय थान कम्बल तथा बालबालिकालाई ८० थान ज्याकेट संस्थाले वितरण गरिसकेको छ ।
शनिबार (माघ ११ गते) विराटनगरको विश्वकर्मा चौकमा भएको न्यनो कपडा वितरण कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष सुमन कालिकोटेले युवाहरुलाई समाजिक कार्यमा उत्प्रेरित गर्न आफु अग्रसर रहेको बताए । उनले भने “समाजमा छरिएर बसेका युवाहरुमा हामीबाट पनि केही सकारात्मक सन्देश जाओस्, सबै युवा समाजिक कार्यमा जुटुन भन्ने हाम्रो ध्येय हो ”
त्यस्तै कार्यक्रममा बोल्दै संघिय सासंद अमनलाल मोदीले विकास तथा समाजिक काममा आफु कहिल्यै पछि नहट्ने र हेरक समाजिक कार्यमा आफ्नो सहभागीता रहेन प्रतिबद्धता व्यक्त गरे ।
सहभागी संस्थाका सल्लाकार समितिका अध्यक्ष प्रा.डा. रमेश प्रसाद अधिकारले समाजिक कार्य नै सबैभन्दा ठुलो धर्म हो र समाजिक कार्य गर्दा देवीदउतालाई पुजे भन्दा बढी धर्म प्राप्त हुने धारणा व्यक्त गरे ।
समाजसेवी ज्ञान ब.कार्की, समाजसेवी खडानन्द बास्तोला, ने.क.पा. क्षेत्र नं ४का संयोजक बाबुराम काकी, नेकपा महानगर कमिटिका सचिवालय सदस्य ज्ञानु भट्राई, नेकपा महानगर सचिवालय सदस्य सरसवती ओझा , सदस्य शिव आर्चाय, संस्थाका सल्लाहकार समितिका उपाध्यक्ष बासु नेपाल, सचिव ताजिम अंसारीको सहकार्यमा उक्त न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]