०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

यौन काण्डमा मुछिएका कान्तिपुरका संचालक सुबोध अझै फरार, घटना ढाकछोप गर्न नातेदार परिचालन

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

विराटनगर, माघ १३
मोरङको बुढीगंगा गाउँपालिका, नेमुवा चौकस्थित कान्तिपुर प्याकेजिङ प्रा.लि.का संचालक सुबोध कोइराला शनिबारबाट फरार छन् । सोही गाउँपालिकाको गंगाचौकमा घर भएका कोइराला, घर छेउकै एक महिलासँग अश्लील कार्य गर्दै गरेको अवस्थामा शनिबार रंगेहात पक्राउ परेका थिए ।
स्रोतका अनुसार उक्त घटनालाई डाकछोप गर्न अहिले काईरालाका आफन्तहरु लागी परेका छन् । प्रहरी समक्ष उजुर नगर्न भनी कोइरालाका नातेदारले महिला पक्षलाई विभिन्न खाल्को प्रलोभन दिईरहेको स्रोत बताउँछ ।
उक्त घटनालाई समासुम पार्न कोइरालाका आफन्त पर्ने सन्तोष भट्टराई परिचालित भएका छन् । भट्टराईले उक्त विषयमा समाचार लेख्ने वा लेख्न खोज्ने पत्रकारहरुलाई विभिन्न खाल्को डरधम्की दिईरहेका छन् । आईतबार जनचर्चा डट कमका सम्पादक दिनेश खड्कालाई भट्टराईले पटक पटक फोन गरी समाचार लेखेको विषयमा धम्की दिएका थिए ।
भट्टराईले समाचार आएको विषयहरु सरासर गलत भएको बताईरहेका छन् । तर स्रोतले भने सुचना सहि भएको दिबी गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् : यौन काण्ड : कान्तिपुर प्याकेजिङका संचालक फरार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]