११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कराेडौंको कारोबार गर्ने, कर भने नतिर्ने !

विराटनगरको व्यापारी अजय वैद्यको करछलीको भण्डारफोर
Logo
दिनेश खड्का

विराटनगरको मुख्यबजारमा रहेको न्यू संजय ट्रेडर्सले व्यापक करछली गर्ने गरेको रहस्यको खुलासा भएको छ । मासिक करौडौंको कारोवार गर्ने उक्त फर्मले करोबार अनुसार कर दाखिला नगर्ने गरेको स्रोतको दावी छ ।
उक्त फर्मका संचालक विराटनगरका व्यापारी अजय वैद्य हुन् । सो फर्मवाट काजुबदाम लगाएतका ड्राइफुड्स बिक्रिवितरण हुने गरेको छ । स्रोत भन्छ “अूजय वैद्यको दोकान (संजय ट्रेडर्स) बाहिरबाट हेर्दा समान्य किराणाजस्तो छ, तर करोबार कुनै ठुलो उद्योग भन्दा कम छैन्” स्रोत थप्दछ “पसल सानो भएतापनि करोवार करौडौंको हुन्छ, सानो पसल भएकैले होला राजस्वको आँखा उक्त फर्ममा अहिलेसम्म परेको छैन्”
फर्मबाट करौडौंको व्यापार हुने गरेता पनि संचालक वैद्यले राजस्वमा कार्यलयमा वार्षिक १५ लाखको मात्र कारोवार देखाउने गर्दछन् । न्युन व्यापार देखाएर उनले वार्षिक राजस्व पाँच हजार मात्र दाखिल गर्र्दै आएका छन् ।
वार्षिक १५ लाख मात्र करोवार देखाउने संजय ट्रेडर्सको असली करोवार वार्षिक १० करोडभन्दा बढी हुने गरेको स्रोत ठोकुवा गर्दछ । यो तथ्याङको आनुसार अजय वैद्यले १ करोड भन्दा बढी भ्याट र ५० लाखभन्दामाथि आयकर (अनुमानित) बुझाउनु पर्ने हुदछ । तर अजयले भने १५ लाखको मात्र कारोवार देखाएर करौडौं राजस्व तिनुपर्ने ठाँउमा पाँच हजार मात्र तिरेर राज्यलाई ठगी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]