२३ आश्विन २०८१, बुधबार
09-10-2024 , Wed

अभियानता इराकीद्धरा विराटनगरमा निशुल्क मास्क वितरण

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

विराटनगर, फागुन २४
विराटनगरका युवा अभियान्ता चाँद इराकीले एक हजार जनालाई निशुल्क माक्स वितरण गरेका छन् ।
पछिल्लो विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली समाज समेत त्रसित छ । हालसम्म नेपालमा सो भाइरसको संक्रमण नदेखिएपनि नेपाली बजारमा माक्सको अभाव र कालोबजारी सुरु भइरहेका बेला इराकीले बिराटनगरका बिभिन्न स्थानमा एक हजार जनालाई निशुल्क माक्स दिएका दिएका हुन् ।
‘बजारमा माक्सको आभाव छ, मानिसहरुले सहजरुपमा माक्स खरिद गर्न पाईरहेका छैनन्’ अभियान्ता इराकीले भने ‘मैले आफ्नो तहबाट सक्ने सहयोग गर्न खोजेको हु, मेरो मासिक तलबबाट मैले एक हजार मास्क वितरण गर्दै छु ।’
युवा अभियानता इराकि हाल एनसेलका क्षेत्रिय कार्यलय विराटनगरमा कार्यरत छन् ।
कार्यक्रममा मोरङका प्रहरी प्रमुख उपरिक्षक विश्व अधिकारीले अभियानता ईराकीले गरेको काम उदरणीय भएको भन्दै मुक्त कण्ठले प्रसंशा गरेका थिए ।
नेकपाका युवा नेता ओसिम आलमले पछिल्लो समय मुलुकभर मास्कको कालोबजारी बढ्दै गएको र त्यसलाई रोक्न सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले अझै पनि झागड-उराव समुदाय शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान गरिनुपर्ने बताएका छन् । उराव समुदायका अगुवाहरुको भनाईहरुलाई सम्वोधन गदै पराजुलीले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु […]

विराटनगर,१८ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पराजुलीले झागड,उराव […]

काठमाडौँ,१७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित […]