०२ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

यादवको घोषणा ‘आवश्यक परे मेरो हाेस्टेललाई क्वारेन्टाइन बनाउनु’

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

विराटनगर, चैत १०
विराटनगरस्थित “हाम्रो नेपाल होस्टेल”ले आवश्यक परे हाेस्टलकाे भवन क्वारेन्टाइनका लागी प्रयोग गर्न प्रदेश १ सरकारलाई भनेको छ । होस्टेलका संचालक राकेश यादवले क्वारेन्टाइन प्रयोजनको लागी हस्टेल निशुल्क उपलब्ध गराउने घोषणै गरेको छन् ।
आइतवार यादवले प्रदेश सरकारको समाजिक विकास मन्त्री जिवन घिमिरेलाई भेटेरै उक्त घोषणा पत्र हस्तान्तरण गरेका थिए । कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको “हाम्रो नेपाल होस्टेल” निशुल्क उपलब्ध गराउने यादवले मन्त्री घिमिरेसँग जिकिर गरे ।
यावद भन्छन् ‘यस महामारी विरुद्धको महाअभियानमा काधमा काध मिलाई अगाडी बढ्ने दाइत्व बोध गर्दै र कोरोना विरुद्ध लड्न यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुगे त्यसका लागि होस्टेल प्रयोग गर्न दिने घोषणा गरेका हुँ ।’
समाजिक कार्य गर्न रुचाउने यादव समाजवादी पार्टिका विद्यार्थी नेता समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]