२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

यादवको घोषणा ‘आवश्यक परे मेरो हाेस्टेललाई क्वारेन्टाइन बनाउनु’

Logo

विराटनगर, चैत १०
विराटनगरस्थित “हाम्रो नेपाल होस्टेल”ले आवश्यक परे हाेस्टलकाे भवन क्वारेन्टाइनका लागी प्रयोग गर्न प्रदेश १ सरकारलाई भनेको छ । होस्टेलका संचालक राकेश यादवले क्वारेन्टाइन प्रयोजनको लागी हस्टेल निशुल्क उपलब्ध गराउने घोषणै गरेको छन् ।
आइतवार यादवले प्रदेश सरकारको समाजिक विकास मन्त्री जिवन घिमिरेलाई भेटेरै उक्त घोषणा पत्र हस्तान्तरण गरेका थिए । कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको “हाम्रो नेपाल होस्टेल” निशुल्क उपलब्ध गराउने यादवले मन्त्री घिमिरेसँग जिकिर गरे ।
यावद भन्छन् ‘यस महामारी विरुद्धको महाअभियानमा काधमा काध मिलाई अगाडी बढ्ने दाइत्व बोध गर्दै र कोरोना विरुद्ध लड्न यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुगे त्यसका लागि होस्टेल प्रयोग गर्न दिने घोषणा गरेका हुँ ।’
समाजिक कार्य गर्न रुचाउने यादव समाजवादी पार्टिका विद्यार्थी नेता समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]