०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बराहले राहत वितरण गरेकाे हल्ला फैलाउने काेे ? बराहकै संचालक तानिए शंकाको घेरामा

Logo

✍हिमालजंग खड्का
धरान, चैत २९
कोभिड १९ जस्तो महामारी फैलिरहेको अवस्थामा नेपालका धनाडियहरु दुलो पसेको खबरहरुले पछिल्लो समय नेपाली मिडिया तताईरहेको छ । कारोनाविरुद्ध लड्न कसैले ठुलै धनराशीे सहयोग माग्ला की भन्ने डरले मुसा दुलो पसे झैं नेपालका धनाडियाहरु घर भित्रै लुकेर बसेको हुनसक्ने खाल्का विभिन्न तर्कहरु मिडियामार्फत बाहिर आइरहेका छन् ।
धनाडियहरुको यस्तो लोभौटे स्वाभावले नेपाली मिडिया तताईरहेको बेला केही भाग्यमानी धनाडियहरु यस्तो आक्षेप लाग्नबाट जोगिएका छन् । यस्तै भाग्यमानी धनाडियको लिष्टमा मुलुककै ठुला व्यवसायी मानबहादुर विश्वकर्माको नाम समेत पर्न सफल भएकाे छ । विश्वकर्मा बराह ग्रुप अफ इण्डष्ट्रिजका संचालक हुन् । उनको गृहनगर सुनसरीको धरान उप महानगरपालिका हो । मुलुकमा यत्रो ठुलो विपत आईरहदा बराहले हालसम्म कोरोना विरुद्ध लड्न एक फुटी कौडी सहयोग गरेको छैन । हुनत विपदको बेला कसैले धनसम्पती दान वा सहयोग गर्नुपर्छ भन्ने राज्यको कुनै बाध्यकारी व्यवस्थता पनि छैन् । तर धरानमा भने अहिले कुनै समुहले बराहले निशुल्क खाद्यान्य बितरण गरिरहेको छ भन्ने हल्ला फैलाईरहेको छ । जुन कुराले बराहको संचालकलाई नै शंकको घेरामा तानेको छ ।

हल्ला फैलियो कि फैल्याईयो ?
बराह समुहको धरानमा एक सपिङ कम्पेक्स समेत छ । उक्त सपिङ कम्पेक्सले अहिले धरानमा उपोभोक्तको घरघरमा सशुल्क खाद्य समाग्रीख (दाल,चामल,चिनी आदी) पुर्‍याइरहेकाे छ । बराहले पैशा लिएर उपोभोक्तलाई समान दिईरहेको भएता पनि, अहिले धरानामा बराहद्धारा धरानबासीलाई निशुल्क खाद्य समाग्री वितरण भईरहेको झुठो हल्ला फैलाईएको छ ।
ठुलो अक्षरले बराह लेखेको डेलिभरी भ्यान धरानको बाटोमा कुदेको देख्दा आम सर्वसाधरण अहिले निःशुल्क राहत बाड्न बराहको भ्यान हिडेको बुझ्दछन् । तर बास्तवमा बराहले अहिले धरानमा दिईरहेको सशुल्क होम डेलिभरी मात्र हो । त्यस्तै बराहले धरानमा निशुल्क पानी वितरण गरिरहेको समेत हल्ला छ फैलाईएको छ । तर सो समुहले पानिको पनि सशुल्क मात्र कारोबार गर्दै आएको छ ।
यस्तो झुठो हल्ला फैलाउने काम बराहको संचालकबाट नै भएको स्रोत बताउँछ । आर्थिक सहयोग पनि कसैलाई नगर्नु पर्ने र नाम पनि त्यसै कामाईने रणनितिले उक्त प्रोपगाण्डा बराहले नै धरानमा फैलाईएको बुझिएको छ । स्रोतको अनुसार बराहका प्रमुख कार्यकारी निर्देशक गंगा कालीकोट स्वयमले धरानमा यस्तो झुठो हल्ला फैलाउने काम गरिरहेका छन् ।
बराहले सशुल्क डेलिभर गर्ने समानहरुको फोटो समेत खिचेर राख्ने गरेको छ । उक्त फोटोहरु झट् हेर्दा कतै राहत वितरण भईरहेको जस्तो झझल्को दिने खाल्को हुदछ । त्यस्तो फोटो हेरेर समेत धरानवासी झुक्कि रहेको छन् । उक्त फोटो हेरर बराहले निशुल्क राहत बाडिरहेको धरानका सर्वसाधरणले धारणा बनाईरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]