२४ भाद्र २०८१, सोमबार
09-09-2024 , Mon

विराटनगरवाट काठमाडौंबासीलाई बोकेर आउदै गरेको सातवटा बसहरु नागढुंगामा रोकियो

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५
विराटनगरमा अड्किएका काठमाडौंबासीलाई लिएर काठमाडौं आउदै गरेको बसहरु नागढुंगामा रोकिएका छन् ।
विराटनगर महानगरपालिकाले आईतवार १६० जनालाई राखेर सातवटा बसहरु काठमाडौ पाठएको थियो । नागढुंगाको प्रवेश नाकामा प्रहरीले ति बसहरुलाई रोकेर राखेको छ । प्रहरीसँग समन्वयन नभएको भन्दै प्रहरीले उक्त बसहरुलाई रोकेर राखेकाे बुझिएको छ ।
यता विराटनगर महानगरपालिकाले भने सम्बन्धित निकायहरुमा समन्वयन भइसकेको जनाएको छ ।
उक्त बसहरुमा काठमाडौंमा अलपत्रमा परेका विराटनगरवासीलाई लिएर आउने समेत विराटनगर महानगरपालिकाको योजना थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै २३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनियोजित र दबाबमा आधारित विकास निर्माणले भविष्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। आइतबार निर्माण व्यवसायी संघ मोरङको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। मुख्यमन्त्री कार्कीले भने, “संघ, प्रदेश र स्थानीय तहले आवश्यकताको आधारमा नभई दबाबका आधारमा जथाभावी निर्माण […]

कञ्चनपुर ,२१ भदौ ।  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ, यसले चीनसँग जोड्छ ।” प्रेस युनियन कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा […]

झापा, भदौ २० । झापाका महिला उद्यमीहरुले हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोडमा ‘तीज विषेश कार्यक्रम’ सम्पन्न गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहले अतिथि सदनमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न गरेका हुन् ।  झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा […]