०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

तिम्रो लत

कविता
Logo

मनु बुढाथोकी

हरे । कति चर्को हो यो तिम्रो लत ।।
रिस, राग, झै–झगडा र
दिनहँुको मन–मुटाव,
फेरि पनि, कति चर्को हो यो तिम्रो लत ।

हावाको वेगसँगै आयौ कि कसो हो,
छिनमै अलप भई हराउछौं
फेरी छिनमै देखा परे झैँ गर्छौं,
हरे । कति चर्को हो यो तिम्रो लत ।

शुकिला–मुकिला कोसौँ टाँढाका सुगान्धित
थरि–थरिका मानिको ठुलो भिड
तर यो मन त कहिले त्यता सरेन खै,
हरे । कति चर्को हो यो तिम्रो लत ।

मौनतामा डुवेको यो जीवनको तरङ्ग फैलाउन
घामको झुल्को सँगै उदाउन नखोजेको कहाँ हो र ।
निभेको दियोलाई तेल थप्न छोडी यसै फरार
हुने तिमीलाई, जलाइरहन भने सकिन,
फेरी पनि, कति चर्को हो यो तिम्रो लत।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]