०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरका डेढ सय गरिब परिवारलाई दैनिक निशुल्क खाना

Logo

विराटनगर, वैशाख १७
विराटनगरको “शिव मन्दिर युवा समुह”ले करिव एक महिनादेखि नगरका गरिब तथा सुकुम्बासीलाई निःशुल्क भोजन विरतण गर्दै आएका छन् । अभियान्ता नारायण बराल, नवीन बिक्रम शाह, गणपत मित्रुका, बिनोद श्रेष्ठ र बिनय अग्रवालको अग्रसरतामा उक्त पारोपकारी कार्यको थालनी भएको हो ।


उक्त समुहले विराटनगरका १ सय ५० गरिब परिवारलाई दैनिक निशुल्क भोजन वितरण गर्दै आएका छन् । त्यसबाहेकपनि विराटनगरको नोबल तथा बिराट टिचिङ अस्पतालका ६ सय विरामी कुरुवालाई नियमित भोजन प्रादन गर्दै आएको अभियान्ता नारायण बरालले बताए ।
खानामा झाेल  तरकारी तथा फ्राई राईस दिनेको गरेको बताईएको छ । उक्त अभियान लकडाउन रहुन्जेल संचालन हुने बरालको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]