२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

१२ रुपैयाँको मुला ६० रुपैयाँमा बेच्दै काठमाडौंका व्यापारी : अनुगमन खै ?

Logo

काठमाडौं, वैशाख २३

तरकारीमा व्यापक कलाेबजारी (भिडियाे)

लकडाउनको मौक छोपी काठमाडौंको व्यापारीहरुले तरकारीमा मनलाग्दी मुल्यविद्धि (कालोबजारी) गरेका छन् । सरकारले खाद्यान्न तथा अति आवश्यक उपभोग्य सामाग्रीहरुको मुल्यवद्धि गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएतापनि खुद्रा तरकारी व्यापारीहरुले सरकारको चेतावनी तथा निर्देशनलाई टरपुच्छर लाएका छैनन् ।
कालिमाटी तरकारी बजारको दैनिक मुल्यसुची अनुसार हाल थोक–बजारमा टमाटर २२ रुपैयाँ, आलु ३२ रुपैयाँ, काउली १८ रुपैयाँ, मुला १२ रुपैयाँ, लौका १८, रायो साग ४५ रुपैयाँ प्रति केजीले विक्रिवितरण भईरहेका छ । तर उही तरकारीहरुको रेट बाहरी खुद्रा बजारमा ६ गुणा सम्म मंहगो छ । काठमाडौंका बाहिरी खुद्रा बजारमा अहिले टमाटर ६० रुपैयाँ, आलु ५० रुपैयाँ, काउली ६० रुपैयाँ, मुला ६० रुपैयाँ, लौका ७० रुपैयाँ, रायो १४० रुपैयाँ सम्म प्रति केजीले बिक्रि वितरण भईरहेको छ ।
सिधासिधी कालोबजारी
काठमाडौंको खुद्रा तरकारी व्यापारीहरुले हाल ६०० प्रतिशतसम्म मुनाफा राखेर तरकारी बेचबिखन गरिरहेको माथिको तथ्याङ्कले देखाउदछ । कुनै पनि वस्तुमा २० प्रतिशत भन्दा बढी मार्जिन राखे कानुनः कालोबजारी ऐन आकर्शीत हुन्छ । ६०० प्रतिशतसम्म मार्जिन राखेर तरकारी व्यापारीहरुले काठमाडौमा कालोबजारीकोे सिमा पार गरिदिएका छन् ।
अनुगमन छैन
कालीमाटि फलफुल तथा तरकारी विकास बोर्डका उप–निर्देशक तथा सुचना अधिकारी विनय श्रेष्ठले खुद्रा बजारमा तरकारीको भाउ सुनेर आफै पनि चकित पारेको बताए । लकडाउनको कारण कुनै पनि तरकारीको मुल्य वृद्धि भएको छैन्, खुद्रा बजारको मुल्य सुनेर म आफै पनि चकित छु उप–निर्देश श्रेष्ठ भन्छन् “तरकारीको मुल्य बारे सबैलाई थाहा होस् भन्ने उद्देश्यले वोर्डले दैनिक रुपमा तरकारीको मुल्य वेभसाइटमा अपडेट गरिरहेको छ सोही मुल्यलाई आधार बनाएर नियमक निकायले अनुगमन गर्नु पर्ने हो, नियमक निकायले नै अनुगमन गर्दैन भने हामीले के गर्न सक्छौ र ?”
बजार भाउबारे अनुगमन गर्ने अधिकार सम्बन्धित जिल्लाको सिडिओ, स्थानीय तह र केही मान्त्रालयहरुलाई छ, तर हाल यी निकायहरु निकम्मा भईदिदा व्यापारीले जति भन्यो त्यती मुल्य तिरेर ग्राहकले तरकारी खरिद गर्नु परिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]