२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

१२ रुपैयाँको मुला ६० रुपैयाँमा बेच्दै काठमाडौंका व्यापारी : अनुगमन खै ?

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

काठमाडौं, वैशाख २३

तरकारीमा व्यापक कलाेबजारी (भिडियाे)

लकडाउनको मौक छोपी काठमाडौंको व्यापारीहरुले तरकारीमा मनलाग्दी मुल्यविद्धि (कालोबजारी) गरेका छन् । सरकारले खाद्यान्न तथा अति आवश्यक उपभोग्य सामाग्रीहरुको मुल्यवद्धि गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएतापनि खुद्रा तरकारी व्यापारीहरुले सरकारको चेतावनी तथा निर्देशनलाई टरपुच्छर लाएका छैनन् ।
कालिमाटी तरकारी बजारको दैनिक मुल्यसुची अनुसार हाल थोक–बजारमा टमाटर २२ रुपैयाँ, आलु ३२ रुपैयाँ, काउली १८ रुपैयाँ, मुला १२ रुपैयाँ, लौका १८, रायो साग ४५ रुपैयाँ प्रति केजीले विक्रिवितरण भईरहेका छ । तर उही तरकारीहरुको रेट बाहरी खुद्रा बजारमा ६ गुणा सम्म मंहगो छ । काठमाडौंका बाहिरी खुद्रा बजारमा अहिले टमाटर ६० रुपैयाँ, आलु ५० रुपैयाँ, काउली ६० रुपैयाँ, मुला ६० रुपैयाँ, लौका ७० रुपैयाँ, रायो १४० रुपैयाँ सम्म प्रति केजीले बिक्रि वितरण भईरहेको छ ।
सिधासिधी कालोबजारी
काठमाडौंको खुद्रा तरकारी व्यापारीहरुले हाल ६०० प्रतिशतसम्म मुनाफा राखेर तरकारी बेचबिखन गरिरहेको माथिको तथ्याङ्कले देखाउदछ । कुनै पनि वस्तुमा २० प्रतिशत भन्दा बढी मार्जिन राखे कानुनः कालोबजारी ऐन आकर्शीत हुन्छ । ६०० प्रतिशतसम्म मार्जिन राखेर तरकारी व्यापारीहरुले काठमाडौमा कालोबजारीकोे सिमा पार गरिदिएका छन् ।
अनुगमन छैन
कालीमाटि फलफुल तथा तरकारी विकास बोर्डका उप–निर्देशक तथा सुचना अधिकारी विनय श्रेष्ठले खुद्रा बजारमा तरकारीको भाउ सुनेर आफै पनि चकित पारेको बताए । लकडाउनको कारण कुनै पनि तरकारीको मुल्य वृद्धि भएको छैन्, खुद्रा बजारको मुल्य सुनेर म आफै पनि चकित छु उप–निर्देश श्रेष्ठ भन्छन् “तरकारीको मुल्य बारे सबैलाई थाहा होस् भन्ने उद्देश्यले वोर्डले दैनिक रुपमा तरकारीको मुल्य वेभसाइटमा अपडेट गरिरहेको छ सोही मुल्यलाई आधार बनाएर नियमक निकायले अनुगमन गर्नु पर्ने हो, नियमक निकायले नै अनुगमन गर्दैन भने हामीले के गर्न सक्छौ र ?”
बजार भाउबारे अनुगमन गर्ने अधिकार सम्बन्धित जिल्लाको सिडिओ, स्थानीय तह र केही मान्त्रालयहरुलाई छ, तर हाल यी निकायहरु निकम्मा भईदिदा व्यापारीले जति भन्यो त्यती मुल्य तिरेर ग्राहकले तरकारी खरिद गर्नु परिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]