०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सगरमाथा कसको ? नेपाल चाइना विवाद (भिडियाे सहित)

Logo

विजय कुमार पाठक
काठमाडौं, वैशाख ३०
अहिले विश्वकै सवैभन्दा अग्लोशिखर माउण्ट एभरेण्ट नेपाल वा चिन, कसको हो भन्ने बहस चलिरहेको छ । केहि दिनअघि चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले आफ्नो ट्वीटर ह्यान्डलबाट एभरेष्ट चिनमा पर्छ भन्ने केही विषयवस्तु पोष्ट गरेको थियो । उक्त पोष्टलाई लिएर नेपालमा ठुलै हंगामा मच्चियो । एभरेष्टलाई चिनले आफ्नो हो भनेर दावी गरेकोमा नेपाली जनताले समाजिक संजालमार्फत व्यापक विरोध गरे । नेपाली मिडियाहरुलेपनि चिनिया मिडियाहरुले झुठो प्रचार गरेको भन्दै ठुला ठुला समाचार बनाए ।

सगरमाथा कसको ? नेपाल चाइना विवाद (भिडियाे)

हालको विश्व नक्सा हेर्ने हो भने चिनियाँ मिडियाले गरेको दावी पनि गलत होइन । कनभने एभरेष्टलाई नेपाल र चिनको अन्तराष्ट्यि सिमाले दुईदेशमा विभाजन गरेको छ । नक्सा अनुसार चुचुरभन्दा दक्षिणतर्फ एभरेष्ट नेपालको हो भने चुचुरको उत्तरतर्फको एभरेष्ट चिनको हो । तर नेपालका इतिहासविदहरु यो कुराको खण्डन गर्दछन् । सगरमाथा लगाएतका धेरै हिमालहरु पुर्णरुपमा नेपालभित्र पर्ने इतिहासविदको तर्क छ । टि.यु.का इतिहास विभागका पुर्व सहयक प्रमुख डोलराज काफ्लेका अनुसार चीन र नेपालबिच विभिन्न कालखण्डमा भएका सम्झौताहरुमा, पहाडक्षेत्रसम्मको भुभाग नेपालमा पर्ने उल्लेख छ । “पहाडक्षेत्रसम्म भन्नुको अर्थ सिंगो पहाड हो, आधा मात्र होईन त्यहीँ आशयका साथ सम्झौताहरु पनि भएका हुन्” काफ्ले भन्छन् “अहिले आएर चिनले सम्झौतालाई गलत हिसाबले व्याख्या गर्दै आधा पहाड चिनमा पर्ने दावी गर्दै छ, जुन कुराको नेपालले खुलेर विरोध गर्न जरुरी छ”
नेताहरुले मुलुकको सिमाहरुका बारेमा चासो नराखेको कारणले गर्दा पनि नेपालको भुभाग दिनदिनै छिमिकी राष्ट्रहरुले मिचिरहको काफ्लेको भनाई छ । सिमा विवादको विषय दुईदेशविच छलफल गरी निचोड निकालन सकिने ठाँउ रहदाँ रहदै पनि नेपालका नेताहरुले छिमेकि राष्ट्रहरुकोबिच कहिले मुख खोल्ने आट नगरेको काफ्ले बताउँछन् । काफ्ले भन्छन् “नेपालले छिमेकी राष्ट्रहरुसँग सिमाविवादको विषय निकानुपार्यो, त्यहाँबाट पनि समाधन आएन भने अन्तराष्ट्रय जगतलाई गुहार्नु पार्यो, चुप लागेर कहिले समाधान आउदैन् ” । नेपालले गुगल म्याप तथा विश्व नक्साहरुका प्रकाशकहरुसँग पनि प्रकाशित भईरहेका विवाधित नक्साहरुलाई सच्याउन अपिल गर्नु पर्ने उनको सुझव छ ।

किन मिचिदैछ नेपालको सिमा ?
सिमावर्ती क्षेत्रमा सरकारको उपस्थिती नभएकाले समेत छिमेकी राष्ट्रहरुलाई नेपालको भुभाग मिच्न सजिलो भएको विज्ञहरु बताउँछन् । सिमा सुरक्षाका लागी नेपालका सिमाक्षेत्रमा नेपाली नागरिक, सुरक्षाकर्मी र सरकारी संयन्त्रहरुको उपस्थीती बढाउनु पर्ने विज्ञहरु सुझाउदछन् । अतिक्रमणको बढी जोखिम भएका सिमा क्षेत्रहरुमा नेपालले पर्खाल तथा घेरा समेत लगाउनु पर्ने विज्ञको साल्लाह छ ।

किन एभरेष्ट भन्ने बित्तिकै संसारले नेपाललाई चिन्दछ ?
कारण १
नक्साअनुसार एभरेष्ट चिनको सबैभन्दा विवादित क्षेत्र तिब्बतमा पर्दछ । तिब्बतलाई चिनबाट छुट्याउनु पर्छ भन्दै संसारभरि फैलिएका तिब्बतीहरुले चिन सरकारलाई दाबाव दिईरहेका छन् । सोही कारण तिब्बतमा अन्तराष्ट्यि मुभमेन्ट होस भन्ने चिन चाहदँैन । अन्तराष्ट्रय मुभमेन्ट बढी भए विदेशीहरुको साहयतामा चिनविरुद्ध तिब्बतले आवाज उठाउन सक्ने चिनलाई हरदम डर छ । सोही कारण अहिलेसम्म एभरेष्टको विषयमा चिन साइलेन्ट रहेको विज्ञ बताउँछन् । मौका अनुकुल हुनासाथ चिनले आधा अतिक्रमण गरिरहेको सगरमाथामा पुर्णरुपमा हकजामाउने खतरा रहको विज्ञको भनाई छ ।
कारण २
नेपालजस्तै चिनमाको तिब्बतबाट पनि पर्यटकहरुले एभरेष्ट चढ्न पाउदँछन् । तर भौगोलिक हिसाबले चिनभन्दा नेपालबाट एभरेष्ट चढ्न सजिलो हुने भएकाले समेत पर्यटको पहिलो रोजाईमा नेपला नै पर्दछ । नेपालतर्फको एभरेष्टको बेस क्याम्प समेत तिब्बत भन्दा बढी हाईटमा रहेकाले, नेपालबाट एभरेष्ट चढ्न अलिक छिटो समेत हुदछ ।
कारण ३
चिनतर्फको एभेरष्टमा चिनियाँ सरकारले हेलिकप्टर समेत उडाउन प्रतिबन्ध गरेको छ । सोही कारण त्यहाँ कुनै दुर्घटना भए तत्काल उद्धार गर्ने कठिन पर्दछ त्यसैले सुरक्षाको दृष्टिकोणले समेत पर्यटकहरु नेपालबाट एभरेष्ट चढ्न रुचाँउदछन् । चिनिया सरकार र तिब्बती विच बेला बेला द्धन्द्ध भई राख्ने भएकाले समेत उक्त झमेलाको चपेटमा पर्यटकहरु पर्न चाहदैनन् ।
कसरी भयो एभरेष्ट नामकरण
नेपालमा सगमारमाथा भनेर चिनिने संसारको सबैभन्दा अग्लो शिखरलाई संसारले माउण्ट एभरेष्ट भनेर चिन्दछ । माउण्ट एभरेष्टलाई तिब्बतीहरुले स्थानीय भाषामा चोमोलुङ्मा भन्दछन् । त्यस्तै चिनीहरुले एरेष्टलाई झुमोलुङ्मा भन्दछन् ।
एभरेष्ट भन्ने नाम संन १८५० को दशकमा ब्रिटिस सर्वेक्षणकर्ता र्जोज एभरेष्टको नामबाट निकालिएको हो । नामाकरण गर्ने अधिकार नेपाल र तिब्बतलाई मात्र भएतापनि तत्कालिनसमय ब्रिटिस शक्तिको प्रयोग गरेर उक्त हिमालको नाम एभरेष्ट राखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]