०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

सुनसरीका एसपीको ह्वाट्सएप ह्याक गरी पैशा माग्दै ह्याकर

Logo
जनचर्चा संवाददाता

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ।

ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप ह्याक भएर केहीलाई पैसा माग गरिएको बताए। उनले अपराधीले दुईजनाको नाममा पैसा जम्मा गर्न भन्दै सानिमा सेभिङ खाताको नम्बर दिने गरेको जानकारी दिए।

एसपीका चिनजानका एक व्यक्तिलाई ह्याकरले अति आवश्यक भन्दै ३० हजार रुपैयाँ नगद माग गरेको थियो। अपराधीले सो रकम कुनै साथीको नाममा पठाउन भन्दै सुरज गोउन्ड कहरको नाममा रहेको सानिमा सुलभ सेभिङ्स खातामा जम्मा गर्न भनेकाे थियो। यसरी पैसा माग गरेपछि एसपी थेबेलाई आफ्नो ह्वाट्सएप ह्याक भएको थाहा भएको थियो।

सो खाता नम्बर ०७५०११०६०००३४९८ रहेको छ। अपराधीले सानिमाको क्युआर कोड पनि पठाएका थिए। खाताबारे थप बुझ्दा ती कर्मचारीले गोपनीयताका कारण विस्तृत जानकारी दिन नमिल्ने बताए।

बढ्दो साइबर अपराध

पछिल्लो समय फेसबुक र ह्वाट्सएप ह्याक गरी यसरी पैसा माग्ने क्रम बढ्दो छ। पछिल्लो केही वर्षमा फेसबुक र ह्वाट्सएप ह्याक हुने क्रम बढेकाे छ। चर्चित व्यक्तित्व, कलाकार, नेता, अभिनेता देखि आमसर्वसाधरणासम्मका फेसबुक र ह्वाट्सएप ह्याक भईरहेका छन् ।
प्रत्येक दिन सयौं नागरिकको फेसबुक र ह्वाट्सएप ह्याक भइरहेको हुन्छन् । अहिले त हुँदाहुँदै प्रहरीको एसपीको समेत ह्वाट्सएप ह्याक हुनु भनेको साइबर अपराधीहरूको मनोबल बढेको संकेत हो। यसले साइबर सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]