०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सुनसरीका एसपीको ह्वाट्सएप ह्याक गरी पैशा माग्दै ह्याकर

Logo
जनचर्चा संवाददाता

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ।

ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप ह्याक भएर केहीलाई पैसा माग गरिएको बताए। उनले अपराधीले दुईजनाको नाममा पैसा जम्मा गर्न भन्दै सानिमा सेभिङ खाताको नम्बर दिने गरेको जानकारी दिए।

एसपीका चिनजानका एक व्यक्तिलाई ह्याकरले अति आवश्यक भन्दै ३० हजार रुपैयाँ नगद माग गरेको थियो। अपराधीले सो रकम कुनै साथीको नाममा पठाउन भन्दै सुरज गोउन्ड कहरको नाममा रहेको सानिमा सुलभ सेभिङ्स खातामा जम्मा गर्न भनेकाे थियो। यसरी पैसा माग गरेपछि एसपी थेबेलाई आफ्नो ह्वाट्सएप ह्याक भएको थाहा भएको थियो।

सो खाता नम्बर ०७५०११०६०००३४९८ रहेको छ। अपराधीले सानिमाको क्युआर कोड पनि पठाएका थिए। खाताबारे थप बुझ्दा ती कर्मचारीले गोपनीयताका कारण विस्तृत जानकारी दिन नमिल्ने बताए।

बढ्दो साइबर अपराध

पछिल्लो समय फेसबुक र ह्वाट्सएप ह्याक गरी यसरी पैसा माग्ने क्रम बढ्दो छ। पछिल्लो केही वर्षमा फेसबुक र ह्वाट्सएप ह्याक हुने क्रम बढेकाे छ। चर्चित व्यक्तित्व, कलाकार, नेता, अभिनेता देखि आमसर्वसाधरणासम्मका फेसबुक र ह्वाट्सएप ह्याक भईरहेका छन् ।
प्रत्येक दिन सयौं नागरिकको फेसबुक र ह्वाट्सएप ह्याक भइरहेको हुन्छन् । अहिले त हुँदाहुँदै प्रहरीको एसपीको समेत ह्वाट्सएप ह्याक हुनु भनेको साइबर अपराधीहरूको मनोबल बढेको संकेत हो। यसले साइबर सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]