१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जनस्तरबाटै लकडाउनको विरोध, जेठ २१ गतेबाट लकडाउन नटर्ने

Logo

काठमाडौं, जेठ १८
जेठ ३२ गतेसम्म लकडाउन लम्बियाउने सरकारको निर्णयको व्यापक विरोध हुन थालेको छ । दुई महिनाभन्दा बढी लकडाउन हुँदापनि कारोना रोकथामका लागी सरकारले खासै प्रभावकारी कदम नचालेको भन्दै लकडाउन थप्ने निर्णयको जनस्तरबाटै विरोध हुन थालेको हो । हालसम्म गरिएको कोरोना परिक्षणको शंख्या समेत अत्याधिक न्युन भएको भन्दै, अब सरकारको भरोसा गर्न नसकिने आम जनताको धारणा छ ।
सरकारको निर्देशनको पालना गर्न नसकिने भन्दै मुलुकभरिबाट विभिन्न पेशा तथा क्षेत्रमा आवद्ध व्यक्ति तथा संघसंस्थाले जेठ २१ बाट लकडाउनको अवज्ञा गर्ने चेतावनी समेत दिईसकेका छन् । कतिपय संगठनहरुले संस्थागत निर्णयनै गरी जेठ २१ गतेबाट लकडाउन अवज्ञा गर्ने घोषणा गरिसकेका छन् । निजी विद्यायलहरुको छाता संगठन प्याबसनले जेठ २१ गतेबाट विद्यालय संचालनमा ल्याउने निर्णय समेत गरिसकेको छ । जेठ २१ गतेबाट विद्यालयको प्रशासनिक विभागहरु संचालन गरिने र त्यसलागतै कक्षाहरु समेत संचालानमा ल्याउने प्याबसनको तयारी छ ।

त्यस्तै, काठमाडौंका नँया बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्षले रामशरण गिरीले जेठ २१ गतेबाट नयाँ बानेश्वर तथा आसपासका क्षेत्रक व्यापारीलाई आआफ्नो पसल खोल्न अपिल गरेका छन् । लामो समय देखि भएको लकडाउनको कारण व्यापारीको व्ययभार अत्याधिक बढेको भन्दै अब पसल बन्द गर्न नसकिने गिरीको भनाई छ । “प्रधानमन्त्रीले लकडाउन भन्दिए पुग्छ, खेप्नु हामीले पर्छ” गिरी भन्छन् “नेतालाई बसी बसी खानलाई पुग्छ, हामीलाई पुग्दैन।  पसलको बाहल, अनेक थरीका कर, बैंकका बियाज, स्टाफ खर्च आदि पसल बन्द भएपछि कहाँबाट पुर्याउनु ?”
सरकरको लकडाउन लम्बियाउने निर्णयको विरुद्ध आम नागरिकहरु पनि अन्दोलनमा उत्रिन थालेका छन् । समाजिकसंजल मार्फत आमसर्वसाधरणहरु संगठित भई मुलुकका विभिन्न जिल्लाहरुमा सरकारविरुद्ध आन्दोलनमा गर्ने तयारी भईरहेको छ । आईतवार विराटनगरका युवा, उद्योगी, व्यपारी तथा आमसर्वसाधरणहरुले समेत सरकारविरुद्ध आन्दोलनमा उत्रने घोषणा गरिसकेका छन् ।
सरकारको ढिलासुस्ती, वेपर्वा प्रवृतिले गर्दा लकडाउन लम्बीरहेको जनताको बुझाई छ । सरकारले लकडाउनको मोडालिटि फेरीने बारम्बार भन्दै आएतापनि, हालसम्म सरकारको तर्फबाट वैकल्पीक कुनैपनि योजना नआएकोमा आम सार्वसाधरण आक्रोशित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]