०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

गाँउलाई किटानुमुक्त बनाउन झाडु कुचो र क्यामिकल बोकी वडाध्यक्ष उत्रिए सडकमा

Logo

विराटनगर, जेठ ३१
कोभिड १९को संक्रमण फैलिरहेको बेला गाँउलाई किटानु मुक्त बनाउन मोरंग जिल्लाको ग्रामथान गाउँपालिकामा सरसफाई अभियान सँचालन गरिएको छ । ग्रामथान गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष नमनारायण माझीको अगुवाईमा उक्त कार्यक्रम संचालन भएको हो । वडाध्यक्ष माझी स्वयम झाठु कुचो तथा सरसफाईका क्यामिकल लिएर सडकमा उत्रिएपछि, अध्यक्षलाइ सघाउन स्थानीयवासीहरु समेत सरसाफई अभियानमा सरिक भएका थिए ।
विश्वब्यापी रूपमा फैलिएको कोभिड १९ का कारण सरकारले लकडाउन गरेपछि वडा स्तरीय सवै जनचेतनामूलक कार्यक्रम समेत बन्द भएको जानकारी दिदै वडा अध्यक्ष माझीले सरकारले शुक्रबारदेखि लकडाउन खुकुलो बनाएसँगै स्वतस्फूर्त वडावासीको सहभागीतामा आआफ्नो टोल सफाइ अभियान सँचालन गरेको जानकारी दिनु भयो । अहिलेको लकडाउनबाट गाउँ पालिकावाट सँचालन हुने धेरै कार्यक्रम प्रभावित बन्न पुगेकाले केही खुकुलो भएपछि अब निर्वाद रूपमा सामाजिक दुरी कायम गर्दै घोषित कार्यक्रम सँचालन गर्ने जानकारी पनि वडा अध्यक्ष माझीले दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]