२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

गाँउलाई किटानुमुक्त बनाउन झाडु कुचो र क्यामिकल बोकी वडाध्यक्ष उत्रिए सडकमा

Logo

विराटनगर, जेठ ३१
कोभिड १९को संक्रमण फैलिरहेको बेला गाँउलाई किटानु मुक्त बनाउन मोरंग जिल्लाको ग्रामथान गाउँपालिकामा सरसफाई अभियान सँचालन गरिएको छ । ग्रामथान गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष नमनारायण माझीको अगुवाईमा उक्त कार्यक्रम संचालन भएको हो । वडाध्यक्ष माझी स्वयम झाठु कुचो तथा सरसफाईका क्यामिकल लिएर सडकमा उत्रिएपछि, अध्यक्षलाइ सघाउन स्थानीयवासीहरु समेत सरसाफई अभियानमा सरिक भएका थिए ।
विश्वब्यापी रूपमा फैलिएको कोभिड १९ का कारण सरकारले लकडाउन गरेपछि वडा स्तरीय सवै जनचेतनामूलक कार्यक्रम समेत बन्द भएको जानकारी दिदै वडा अध्यक्ष माझीले सरकारले शुक्रबारदेखि लकडाउन खुकुलो बनाएसँगै स्वतस्फूर्त वडावासीको सहभागीतामा आआफ्नो टोल सफाइ अभियान सँचालन गरेको जानकारी दिनु भयो । अहिलेको लकडाउनबाट गाउँ पालिकावाट सँचालन हुने धेरै कार्यक्रम प्रभावित बन्न पुगेकाले केही खुकुलो भएपछि अब निर्वाद रूपमा सामाजिक दुरी कायम गर्दै घोषित कार्यक्रम सँचालन गर्ने जानकारी पनि वडा अध्यक्ष माझीले दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]