१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अन्तर्राष्ट्रिय बियर दिवस आज

Logo

काठमाडौं, साउन २३
अगस्त पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ । नेपालमा बियर दिवस मनाउने गरेको प्रायः पाइँदैन । तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्त्व साथ बियर दिवस मनाउने गरेको पाइन्छ । मानव इतिहासमा उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने चलन पुरानो हो । र, सबैभन्दा पुरानो पेय पदार्थलाई नमनाउने त कुरै हुँदैन र अन्तर्राष्ट्रिय बियर दिवस पनि त्यही हो ।

प्राचीन समयभन्दा अहिले बियर बनाउने तरिका फेरिएको छ । बियर होप, जडीबुटी तथा फलफूलको फ्लेभरबाट तयार गरिन्छ । र, बियर बनाउनुलाई कला मानिन्छ । अन्तर्राष्ट्रिय बियर दिवस मनाउने सोच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो । जब जेसी आफ्ना केही साथी बियरको स्वादमा रमाइला गफ गर्दै थिए । उनीहरू क्यालिफोर्नियाको सान्टाक्रुज समुदायमा थिए ।

अन्तर्राष्ट्रिय बियर दिवस मनाउनुका कारण यसप्रकार थिए ।

– साथीभाइसँग जमघट र बियरको स्वाद लिने

– बियर बनाउने र सर्भ गर्नेप्रति सम्मान प्रकट गर्ने

– बियरको ब्यानरमुनि विश्व एकता कायम गर्ने

बाह्रखरी डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]