०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरको गुद्री बजार सिल

Logo

विराटनगर, साउन २६


विराटनगर ९ स्थित गुद्री बजार लगाएत आसपासको क्षेत्र सिल गरिएको छ । उक्त क्षेत्रमा आईतवार एकै परिवारको ११ जनामा कोराना पुष्टि भएपछि जिल्ला सुरक्षा समिति मोरङको बैठकलले सो क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
मेनरोडको ट्राफिक चौकदेखि जलजला चौक, जलजला चौक देखि शनि मन्दिर, शनि मन्दिर देखि मेहेन्द्र चौक र महेन्द्र चौक देखी ट्राफिक चोक बिचको क्षेत्रलाई पुर्ण रुपमा सिल गरिएको छ । उक्त क्षेत्रमा आवतजावत पुर्ण रुपमा रोक लगाईएको प्रसाशनले जनाकारी दिइएको छ ।
समितिको निर्णय अनुसार प्रशासनले आइतबार राती १० बजेदेखि ७२ घण्टा (तीन दिन)सम्मका लागि गुद्री प्रवेश गर्ने सबै मार्गमा सिल गरेको छ । त्यस क्षेत्रका नागरिकलाई बाहिर ३ दिनसम्म घरबाट ननिस्कन सुचना समेत दिईएको छ ।
गुद्री बजार क्षेत्रमा हालसम्म २५ जना भन्दा धेरै संक्रमित फेला परिसकेको छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]