१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राजस्व अनुसन्धान ईटहरीमा फाईल मिलाउने नाममा आर्थिक चलखेल

Logo

विराटनगर, भदौ ४
पछिल्लो समय राजस्व अनुसन्धान कार्यालय सुनसरीले लकडाउनभन्दा अगाडि विभिन्न समयमा राजस्व असुन्धानले नियन्त्रणमा लिएको कागजात फर्छ्यौटका नाममा फायल मिलाउने भन्दै आर्थिक चलखेल बढाएको पाइएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योगी एवं व्यवसायी विगत पाँच महिनादेखि कोभिड १९ को मारमा छन् । यो अवस्थामा पनि राजस्व अनुसन्धान कार्यालय सुनसरीका प्रमुख वेदराज फुयाँलको निर्देशन भन्दै अनुसन्धान अधिकृत हितेश बस्नेतबाट विभिन्न उद्योगी एवं व्यवसायीलाई नियन्त्रणमा लिएको कागजात फर्छ्यौटका नाममा फायल मिलाउने भन्दै बोलावट हुनथालेको उद्योगी एवं व्यवसायीले नै जानकारी दिएका छन् ।

पछिल्लो केही महिनादेखि राजस्व अनुसन्धान कार्यालय सुनसरीमा सरुवा भई आएका अनुसन्धान अधिकृत हितेश बस्नेतले टेलीफोन गरी सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगि एवं व्यवसायीलाई उपस्थित हुन निर्देशन दिन थालेका हुन् । अनुसन्धान अधिकृत बस्नेतलाई पनि आफ्नोअनुकूल काम गर्नका लागि प्रमुख फुयाँलले नै राजस्व अनुसन्धान विभागबाट सरुवा गराएर सुनसरी कार्यालयमा ल्याएको राजस्वस्रोतले नै जानकारी दिएका छन् ।

विगतमा राजस्व अनुसन्धान कार्यालयबाट राजस्व समूहका कर्मचारी खटाएर अनुसन्धान गरी दण्ड सजायको निर्देशन गर्दै आएको थियो । तर तीन वर्षअगाडि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिसँगै राजस्व समूह खारेज भएपछि प्रशासन समूहका व्यक्तिको हातमा राजस्व अनुसन्धान कार्यालय सुनसरी पुगेपछि विवादित बन्न थालेको हो ।

प्रशासन समूहबाट कार्यालय प्रमुख भएका फुयाँल र प्रशासन समूहबाटै अनुसन्धान अधिकृत नियुक्ति भएका हितेश बस्नेतका बीचमा हिमचिम बढ्नेबित्तिकै पछिल्लो समय काम कारबाहीका विषयमा राजस्व समूहबाट सरुवा भई आएका कर्मचारीबीचमा व्यापक असन्तुष्टि बढेको छ । उक्त राजस्व कार्यालय सुनसरीमा पनि अहिले राजस्व समूहका कर्मचारी र प्रशासन समूहका कर्मचारीका बीचमा पानी बाराबारको अवस्था आएपछि राजस्व कार्यालय सुनसरीको कमाउ प्रवृत्ति छताछुल्ल बन्न पुगेको हो ।

करिब चार महिनाको सरकारी लकडाउन र गत साउन ६ गतेबाट सरकारले हटाएको लकडाउन भनिए पनि स्थानीय निकायबाट भएको अर्को लकडाउनले गर्दा अहिले सुनसरी मोरङ औद्योगिक क्षेत्रका प्राय सबै उद्योग नै बन्द अवस्थामा रहेका छन् । यस्तो विषम परिस्थितिमा पनि सरकारी डण्डा देखाएर व्यवसायीलाई त्रसित गर्दै पुराना फायल मिलानका नाममा राजस्व सुनसरीबाट भएको क्रियाकलापले उद्योगी त्रसित भएको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय राजस्व प्रमुख वेदराज फुयाँलले अनुसन्धान अधिकृत हितेश बस्नेतको सहयोगमा राजस्व असुलीभन्दा पनि व्यक्तिगत स्वार्थका लागि असुलीलाई मुख्य प्राथमिकता दिएको राजस्वकै कर्मचारीस्रोले बताएको छ । अहिले पैसाको भरमा राजस्व अनुसन्धान सुनसरीले फायल मिलाउँदा भविष्यमा राजस्व अनुसन्धानप्रतिको विश्वसनीयता व्यापारी तथा औद्योगिक क्षेत्रबाट गुम्न जाने खतरा रहेको जानकाहरूले बताएका छन् । (आर्थिक दैनिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]