१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राजस्व अनुसन्धान ईटहरीमा फाईल मिलाउने नाममा आर्थिक चलखेल

Logo

विराटनगर, भदौ ४
पछिल्लो समय राजस्व अनुसन्धान कार्यालय सुनसरीले लकडाउनभन्दा अगाडि विभिन्न समयमा राजस्व असुन्धानले नियन्त्रणमा लिएको कागजात फर्छ्यौटका नाममा फायल मिलाउने भन्दै आर्थिक चलखेल बढाएको पाइएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योगी एवं व्यवसायी विगत पाँच महिनादेखि कोभिड १९ को मारमा छन् । यो अवस्थामा पनि राजस्व अनुसन्धान कार्यालय सुनसरीका प्रमुख वेदराज फुयाँलको निर्देशन भन्दै अनुसन्धान अधिकृत हितेश बस्नेतबाट विभिन्न उद्योगी एवं व्यवसायीलाई नियन्त्रणमा लिएको कागजात फर्छ्यौटका नाममा फायल मिलाउने भन्दै बोलावट हुनथालेको उद्योगी एवं व्यवसायीले नै जानकारी दिएका छन् ।

पछिल्लो केही महिनादेखि राजस्व अनुसन्धान कार्यालय सुनसरीमा सरुवा भई आएका अनुसन्धान अधिकृत हितेश बस्नेतले टेलीफोन गरी सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगि एवं व्यवसायीलाई उपस्थित हुन निर्देशन दिन थालेका हुन् । अनुसन्धान अधिकृत बस्नेतलाई पनि आफ्नोअनुकूल काम गर्नका लागि प्रमुख फुयाँलले नै राजस्व अनुसन्धान विभागबाट सरुवा गराएर सुनसरी कार्यालयमा ल्याएको राजस्वस्रोतले नै जानकारी दिएका छन् ।

विगतमा राजस्व अनुसन्धान कार्यालयबाट राजस्व समूहका कर्मचारी खटाएर अनुसन्धान गरी दण्ड सजायको निर्देशन गर्दै आएको थियो । तर तीन वर्षअगाडि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिसँगै राजस्व समूह खारेज भएपछि प्रशासन समूहका व्यक्तिको हातमा राजस्व अनुसन्धान कार्यालय सुनसरी पुगेपछि विवादित बन्न थालेको हो ।

प्रशासन समूहबाट कार्यालय प्रमुख भएका फुयाँल र प्रशासन समूहबाटै अनुसन्धान अधिकृत नियुक्ति भएका हितेश बस्नेतका बीचमा हिमचिम बढ्नेबित्तिकै पछिल्लो समय काम कारबाहीका विषयमा राजस्व समूहबाट सरुवा भई आएका कर्मचारीबीचमा व्यापक असन्तुष्टि बढेको छ । उक्त राजस्व कार्यालय सुनसरीमा पनि अहिले राजस्व समूहका कर्मचारी र प्रशासन समूहका कर्मचारीका बीचमा पानी बाराबारको अवस्था आएपछि राजस्व कार्यालय सुनसरीको कमाउ प्रवृत्ति छताछुल्ल बन्न पुगेको हो ।

करिब चार महिनाको सरकारी लकडाउन र गत साउन ६ गतेबाट सरकारले हटाएको लकडाउन भनिए पनि स्थानीय निकायबाट भएको अर्को लकडाउनले गर्दा अहिले सुनसरी मोरङ औद्योगिक क्षेत्रका प्राय सबै उद्योग नै बन्द अवस्थामा रहेका छन् । यस्तो विषम परिस्थितिमा पनि सरकारी डण्डा देखाएर व्यवसायीलाई त्रसित गर्दै पुराना फायल मिलानका नाममा राजस्व सुनसरीबाट भएको क्रियाकलापले उद्योगी त्रसित भएको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय राजस्व प्रमुख वेदराज फुयाँलले अनुसन्धान अधिकृत हितेश बस्नेतको सहयोगमा राजस्व असुलीभन्दा पनि व्यक्तिगत स्वार्थका लागि असुलीलाई मुख्य प्राथमिकता दिएको राजस्वकै कर्मचारीस्रोले बताएको छ । अहिले पैसाको भरमा राजस्व अनुसन्धान सुनसरीले फायल मिलाउँदा भविष्यमा राजस्व अनुसन्धानप्रतिको विश्वसनीयता व्यापारी तथा औद्योगिक क्षेत्रबाट गुम्न जाने खतरा रहेको जानकाहरूले बताएका छन् । (आर्थिक दैनिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]