१० माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

हई-रेटमा पिसिआर मेसिन बेच्ने व्यापारी मुरारकालाई कारवाही होला वा नहोला ?

Logo

विराटनगर, भदौ ११

याे समाचार सच्चाईएकाे छ । 
विराटनगरको कोभिड अस्पतालको लागी ल्याईएको पिसिआर मेसिन खरिदमा व्यापक आर्थिक चलखेल भएको पाईएको छ । ट्रष्टमार्फत विराटनगरको कोभिड अस्पताललाई दिईन लागिएको उक्त मेसिन खरिदमा १५ ८ लाखभन्दा बढीको घपला भएको बुझिएको छ ।
पिसिआर मेसिन खरिदको जिम्मा पाएको जेएचएस एनेलाईटि टेड्रर्सले साँढे १२ २० लाख नेपाली रुपैयाँ पर्ने पिसिआर मेसनलाई २८ लाखमा ट्रष्टलाई बिक्रि गरेको पाईएको छ । उक्त पिसिआर मेसिनका उत्पादक काईजेन कम्पनीले नेपालको लागी सो पिसिआर मेसिनको मुल्य  २० लाख मात्र तोकेको छ । तर जेएचएस एनेलाईटि टेड्रर्सले सो मेसिनमा ८ लाख नाफा खाएपछि  फर्मको उक्त सो कार्यले कलोबजारी ऐन समेत आर्कषित भएको छ । उक्त टेड्रर्सका संचालक उद्योगी प्रदिप मुरारकाका छोरा शिरिस मुरारका रहेको बुझिएको छ ।

सो पिसिआर मेसिन खरिदको लागी विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) भिम पराजुलीकोे अगुवाहीमा एक ट्रष्टको निर्माण गरी विराटनगरका सार्वसाधरण देखी व्यापारीसँग चँन्दा संकलन गरी मेसिन किन्ने रकमको व्यवस्था गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]