२९ आश्विन २०८२, बुधबार
15-10-2025 , Wed
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

उद्धव भट्टराईकाे “के गर्नु माया म”

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

काठमाडौं, भाद्र १९

नेपाली कला साहित्य समाजका अध्यक्ष एवं नुवाकोट महापन्चकन्या कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रोपाइटर उद्धव प्रसाद भट्टराईको अब नयाँ परिचय थपिएको छ । उनले गीत मार्फत् कला क्षेत्रमा पाइला चालेका हुन् । “के गर्नु माया म” बोलको गीतमार्फत भट्टराई कला क्षेत्रमा प्रवेश गरेका हुन् । माया र प्रेमका रोचक प्रसंगलाई समेटदै उनले पछिल्लो समय एउटा डान्सिङ भिडियोको निमार्ण गरेका छन । आम दर्शक तथा स्रोताको भावना अनुसारको युवा पुस्ताको लागी भनेर गीतको निमार्ण गरिएको उनले बताए ।

गीतको म्युजिक भिडियोको सम्पूर्ण लगानी भट्टराईले गरेका हुन् । गीतको म्यूजिक भिडियोको छायांकन कार्य सम्पन्न भएको प्रोड्यूसर भट्टराईले जानकारी दिए । उनका अनुसार गीत छिट्टै नै गीत सार्बजनिक गर्ने तयारी छ । कला क्षेत्रमा उनको पहिलो पहिलो प्रस्तुती हो ।

उत्तम लामाको शब्द र संगीत रहेको सो गीतमा सुरज श्रेष्ठ र सजिल श्रेष्ठले स्वर दिएका छन् भने नायिका रिया श्रेष्ठ रदिपक लामाको बेजोड अभिनय रहेको छ । गीतको निर्देशन भने कृष्ण परियार ले गरेका हुन् । प्रोड्यूसर भट्टराईले यो गीतको रिलिज लगत्तै अर्को गीतको छायांकन पनि सुरु हुने बताए । उनले गीत राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]