०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

अद्यिल्लो पटक मिठाईमा झिंगा, यसपटक सडेको वेसन : आँगन स्वीट्स विराटनगरमा अनुगमन

Logo

विराटनगर, कर्तिक ०३
विराटनगरमा संचालित आँगन स्वीट्सले मिठाई बनाउनको लागी गुणस्तरहिन खाद्य समाग्री प्रयोग गर्दै आएको पाईएको छ । उसले मिठाई बनाउनको लागी प्रयोग गर्दै आएको बसेन गुणस्तरहिन भएको सरकारी ल्याबको रिर्पोटले देखाएको छ ।
असोज १९ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुगमनको क्रममा आँगन स्वीट्समा डल्ला परेको बेसन मिठाई बनाउन प्रयोग हुदै आएको भेट्टाएको थियो । अनुगमन टोलीले उक्त बेसनको नमुना संकलन गरी ल्याब टेष्टको लागी समेत पठाएको थियो ।
भर्खरै आएको उक्त ल्याब टेष्टको रिर्पोटले आँगनले प्रयोग गर्दै आएको बेसन गुणस्थरहिन भएको पुष्ठी गरेको छ । रिर्पोट आएसगै आईतबार खाद्यले आँगनले प्रयोग गर्दै आएको सबै अखाद्य समाग्री नष्ठ गरिदिएको छ । आगनले मिठाई बनाउन प्रयोग गर्दै आएको खाद्य समाग्रीमा एक्सपाईरिङ डेट समेत नभएको पाईएको छ ।
यस अघि पनि खाद्यले गरेको अनुगमनमा अगाँन स्वीट्सको मिठाईहरुमा झिंगा भेट्टिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]