०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” काे लागी आवेदन खुल्ला

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

काठमाडौँ , म‌ंसिर २६

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” गरिने भएको छ । “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” यहिं आउँदो माघ महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिका अध्यक्ष रोशन पोखरेलले बताएका छन् ।

अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ भने माघ १५ गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०१९ जनवरी देखि २०१९ डिसेम्बर सम्मका गित संगीतहरुलाई समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०१९ भित्र गित निकालेको हुनु पर्नेछ । क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष संचारकर्मी रोशन पोखरेल रहेका छन् भने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि), भेग बिसेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गित, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डम समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]