२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

गोयलद्धारा व्यापक कालोबजारी र करछली : लकडाउन बन्यो सुनौलो अवसर

Logo

विराटनगर, माघ १२
विराटनगरको एक व्यापारी घराना लकडाउनको बेला व्यापक राजस्व छलीमा संलग्न भएको पाईएको छ । विराटनगरका व्यापारी तीन दाजुभाई दिनदयाल गोयल, गणेश गोयल र हंशराज गोयल उक्त कार्यमा संलग्न भएको पाईएको हो ।
०७६ चैत्र ११ गतेबाट सरकारले लकडाउन लगाए सँगै प्राय व्यवसाय बन्द भए पनि खाद्यान्न र दैनिक उपभोग्य सामग्रीका उद्योग तथा व्यापार फस्टाए ।
खाद्यान्य, दलहन र गेडागुडीका साथै विभिन्न कम्पनीका खाद्यान्य वस्तुको कारोबारमा संलग्न गोयल दाजुभाईको लागी लोकडाउन सुनौलो अवसर बन्यो । सोही मौकाको फाईदा उठाउँदै गोयल दाजुभाईले क्यारिङको प्रयोग गरी भारतबाट भान्सार छलेर समान ल्याउनेदेखि, समानहरु अवैध तरिकाले भण्डारण गरेर महंगो मुल्यमा बेच्नसम्मको काम गरे ।
सोही गोरखधन्धा चलाउनको लागी जेठो दाई दिनदयालले दिप ट्रेडिङ, माईलो गणेशले तुलसी ट्रेडिङ र कान्छो भाई हशंराजले अमुलया ट्रेडर्स नाम गरेका र्फमहरुको प्रयोग गरेका थिए ।
यसरी गोरखधन्धा चलाएर लोकडाउनको समयमा करौडौं रुपैयाँको कारोबार गरेतापनि सोही अनुसारको विवरण राजस्व कार्यलयमा पेश नगरेको स्रोतले बताएको छ । गोयल दाजुभाईले राजस्व छल्नका लागी न्युन कारोबार भएको झुठो विवरण पेश गर्नुका साथै ठोस बिलको सट्टा इस्टिमेट बिलको प्रयोग गर्दै आएको स्रोत बताउँछ ।

हंशराज हुन् मास्टर डिजाईनर
गोयल तीन दाजुभाईमध्य कान्छो भाई हंशराज राजस्व छलीको मास्टर डिजाईनर भएको पाईएको छ । हंशराजकै प्लानिङमा विभिन्न फर्महरु दर्ता गरी राजस्व छलीको कामलाई अन्जाम दिएको स्रोतले बताएको छ ।
जेठो दाई दिनदयाल र माईलो दाई गणेशलाई काठमाडौं पठाई उत्तैबाट देशैभारी आफ्नो कालोबजरीको कामलाई हंशराजले फैलाईरहेको थिए । यता आफु भने विराटनगरमा वसी क्यारिङको प्रयोग गरी भन्सार छलेर समान ल्याउने, अवैध भण्डारण गर्ने देखि छलेको ट्याक्सलाई मिलाउने काम गर्दै आएका थिए ।
यसरी करौडौंको ट्याक्स छली गरेको पर्दाफास भईसक्दा समेत हंशराज गोयल चौडा छाती गरेर आफ्नो कसैले केहि बिगार्न नसक्ने चुनौती दिदै आएका छन् । आफ्नो पहुच माथिसम्म रहेको भन्दै हंसराजले आन्तरिक राजस्वको कार्यलय र पत्रकारहरु जगतलाई समेत ठाडो चुनौती दिदै आएको उनको निकटतमहरुले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]