१० आषाढ २०८२, मंगलबार
24-06-2025 , Tue
Gold Silver Price (28 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 191800
Silver 1 Tola Nrs. 2180

गोयलद्धारा व्यापक कालोबजारी र करछली : लकडाउन बन्यो सुनौलो अवसर

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

विराटनगर, माघ १२
विराटनगरको एक व्यापारी घराना लकडाउनको बेला व्यापक राजस्व छलीमा संलग्न भएको पाईएको छ । विराटनगरका व्यापारी तीन दाजुभाई दिनदयाल गोयल, गणेश गोयल र हंशराज गोयल उक्त कार्यमा संलग्न भएको पाईएको हो ।
०७६ चैत्र ११ गतेबाट सरकारले लकडाउन लगाए सँगै प्राय व्यवसाय बन्द भए पनि खाद्यान्न र दैनिक उपभोग्य सामग्रीका उद्योग तथा व्यापार फस्टाए ।
खाद्यान्य, दलहन र गेडागुडीका साथै विभिन्न कम्पनीका खाद्यान्य वस्तुको कारोबारमा संलग्न गोयल दाजुभाईको लागी लोकडाउन सुनौलो अवसर बन्यो । सोही मौकाको फाईदा उठाउँदै गोयल दाजुभाईले क्यारिङको प्रयोग गरी भारतबाट भान्सार छलेर समान ल्याउनेदेखि, समानहरु अवैध तरिकाले भण्डारण गरेर महंगो मुल्यमा बेच्नसम्मको काम गरे ।
सोही गोरखधन्धा चलाउनको लागी जेठो दाई दिनदयालले दिप ट्रेडिङ, माईलो गणेशले तुलसी ट्रेडिङ र कान्छो भाई हशंराजले अमुलया ट्रेडर्स नाम गरेका र्फमहरुको प्रयोग गरेका थिए ।
यसरी गोरखधन्धा चलाएर लोकडाउनको समयमा करौडौं रुपैयाँको कारोबार गरेतापनि सोही अनुसारको विवरण राजस्व कार्यलयमा पेश नगरेको स्रोतले बताएको छ । गोयल दाजुभाईले राजस्व छल्नका लागी न्युन कारोबार भएको झुठो विवरण पेश गर्नुका साथै ठोस बिलको सट्टा इस्टिमेट बिलको प्रयोग गर्दै आएको स्रोत बताउँछ ।

हंशराज हुन् मास्टर डिजाईनर
गोयल तीन दाजुभाईमध्य कान्छो भाई हंशराज राजस्व छलीको मास्टर डिजाईनर भएको पाईएको छ । हंशराजकै प्लानिङमा विभिन्न फर्महरु दर्ता गरी राजस्व छलीको कामलाई अन्जाम दिएको स्रोतले बताएको छ ।
जेठो दाई दिनदयाल र माईलो दाई गणेशलाई काठमाडौं पठाई उत्तैबाट देशैभारी आफ्नो कालोबजरीको कामलाई हंशराजले फैलाईरहेको थिए । यता आफु भने विराटनगरमा वसी क्यारिङको प्रयोग गरी भन्सार छलेर समान ल्याउने, अवैध भण्डारण गर्ने देखि छलेको ट्याक्सलाई मिलाउने काम गर्दै आएका थिए ।
यसरी करौडौंको ट्याक्स छली गरेको पर्दाफास भईसक्दा समेत हंशराज गोयल चौडा छाती गरेर आफ्नो कसैले केहि बिगार्न नसक्ने चुनौती दिदै आएका छन् । आफ्नो पहुच माथिसम्म रहेको भन्दै हंसराजले आन्तरिक राजस्वको कार्यलय र पत्रकारहरु जगतलाई समेत ठाडो चुनौती दिदै आएको उनको निकटतमहरुले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]

भक्तपुर, जेठ ८ । शारीरिक स्फूर्ति, मानसिक सन्तुलन र सौन्दर्यप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै भिआईपी स्पाले भक्तपुरको राधेराधेमा नयाँ शाखा सुरु गरेको छ। झाक्री प्रकाश भुजेलको प्रमुख आतिथ्यमा शनिबार एक विशेष समारोहका बीच स्पाको विधिवत् उद्घाटन गरिएको हो। उद्घाटनलगत्तै सेवा सुरु भएको स्पामा पहिलो दिनमै उल्लेख्य संख्यामा ग्राहकहरूको घुइँचो देखिएको छ। काठमाडौंको जोरपाटीमा सफलतापूर्वक सञ्चालन […]

विराटनगर, जेठ ६ । आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। सरकारले प्रदेश सरकारले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै संघीयताको मर्मअनुरूप नागरिकमा थप आशा र भरोसा पैदा गर्न, आर्थिक–सामाजिक रूपान्तरणको गतिशीलता बढाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने […]