०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

नक्कली उपसेनानी ईटहरीबाट पक्राउ

Logo

विराटनगर, माघ २४
नेपाली सेनाको उपसेनानी हुँ भन्दै ठगी हिड्ने एक व्यक्तीलाई प्रहरीले सुनसरीको ईटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पर्सा जिल्ला ठोरी गाउँपालिका ५ का २८ वर्षीय शिवजंग कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको आरोप छ ।
कार्कीलाई बुधवार इटहरी–६ स्थित सामुदायिक अस्पताल अगाडि नेपाली सेनाको पोसाक लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले सर्वसाधरण व्यक्तिहरुलाई आफू नेपाली सेनाको उपसेनानी हु भन्दै विभिन्न बाहानामा पैशा ठग्दै लिने गरेको प्रहरीको भनाई छ ।
विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको आरेपमा पर्सा जिल्ला ठोरी गाउँपालिका–५ का २८ वर्षीय शिवजंग कार्की भन्ने शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कार्कीले आफु नेपाली सेनाको उपसेनानी हुँ भदै सर्वसाधारण व्यक्तिहरुलाई ‘रेड मर्करी’ को व्यापार गर्दा फाइदा हुन्छ भनेर प्रलोभनमा पारी ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
कार्कीको साथबाट नगद ३३ हजार चार सय पचास, विभिन्न बैकका एटीम कार्ड, आईएमई गरेका रसिदहरु, विभिन्न कम्पनिका ४ थान मोबाइल सेटसमेत फेला परेको थियो । उनको बिरुद्धमा ठगी मुद्दा शीर्षकमा सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको सुनसरी प्रहरीले जनाएको छ । कार्कीलाई सहयोग गर्ने अर्का व्यक्ती सिन्धुली दुधौली नगरपालिका–८ का ३८ वर्षीय बसन्तकुमार खड्कालाई पनी पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]