२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

भटमासकाे तेलको निर्यात ३ गुणाले बढ्यो

Logo

विराटनगर, माघ २४
विराटनगर नाकाबाट यस आर्थिक वर्षमा ३ गुणा बढी भटमासको तेल भारत तर्फ निर्यात भएको छ । गत आर्थिक बर्ष र यस आर्थिक बर्षको दोस्रो त्रैमासिक बिवरण तुलना गर्दा निर्यात ३ गुणा बढोको पाइएको हो ।
विराटनगर भन्सार कार्यालयलका अनूसार गत आर्थिक वष २०७६–७७ को पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड ७० लाख मूल्यको ११ हजार ९ सय ४८ मेट्रिक टन भटमासको तेल निर्यात भएको थियो भने यस आर्थिक२०७७–७८ वर्षको पुस मसान्तसम्ममा ४ अर्ब ८५ करोड ४० लाख रुपैयाँ मूल्यको ३३ हजार २ सय ५३ मेट्रिक टन भटमासको तेल भारत निर्यात भएको छ ।
आव २०७५–७६ मा अझ कम ८४ करोढ ८६ लाख मूल्यको ८ हजार ३ सय ३१ मेट्रिक टन मात्र भटमासको तेल भारततर्फ गएको तथ्याङ्क भन्सार कार्यालयले दिएको छ ।
भारत सरकारले गत वर्षदेखि नेपालबाट जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा गर्न थालेका हुन् । नेपालमा भटमासको कच्चा तेल अर्जेन्टिना, युक्रेन र ब्राजिलबाट आयत गरिन्छ । विराटनगर नाकाबाट भटमासको तेल निकासी गर्ने उद्योगमा केएल दुगडको स्वस्तिक आयल, प्रकाश मुन्दडाको बाबा भेजिटेबल, घनश्याम काबराको क्वालिटी आयल, देवकीनन्दन अग्रवालको वाग्मती आयल, प्रदीप मुरारकाको श्रीराम रिफाइनरी र अविनाश बोहराको एभरेस्ट सोलभेन्ट र सारडा ग्रुपको पशुपति आयल गरि सातवटा रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]