२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

भटमासकाे तेलको निर्यात ३ गुणाले बढ्यो

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

विराटनगर, माघ २४
विराटनगर नाकाबाट यस आर्थिक वर्षमा ३ गुणा बढी भटमासको तेल भारत तर्फ निर्यात भएको छ । गत आर्थिक बर्ष र यस आर्थिक बर्षको दोस्रो त्रैमासिक बिवरण तुलना गर्दा निर्यात ३ गुणा बढोको पाइएको हो ।
विराटनगर भन्सार कार्यालयलका अनूसार गत आर्थिक वष २०७६–७७ को पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड ७० लाख मूल्यको ११ हजार ९ सय ४८ मेट्रिक टन भटमासको तेल निर्यात भएको थियो भने यस आर्थिक२०७७–७८ वर्षको पुस मसान्तसम्ममा ४ अर्ब ८५ करोड ४० लाख रुपैयाँ मूल्यको ३३ हजार २ सय ५३ मेट्रिक टन भटमासको तेल भारत निर्यात भएको छ ।
आव २०७५–७६ मा अझ कम ८४ करोढ ८६ लाख मूल्यको ८ हजार ३ सय ३१ मेट्रिक टन मात्र भटमासको तेल भारततर्फ गएको तथ्याङ्क भन्सार कार्यालयले दिएको छ ।
भारत सरकारले गत वर्षदेखि नेपालबाट जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा गर्न थालेका हुन् । नेपालमा भटमासको कच्चा तेल अर्जेन्टिना, युक्रेन र ब्राजिलबाट आयत गरिन्छ । विराटनगर नाकाबाट भटमासको तेल निकासी गर्ने उद्योगमा केएल दुगडको स्वस्तिक आयल, प्रकाश मुन्दडाको बाबा भेजिटेबल, घनश्याम काबराको क्वालिटी आयल, देवकीनन्दन अग्रवालको वाग्मती आयल, प्रदीप मुरारकाको श्रीराम रिफाइनरी र अविनाश बोहराको एभरेस्ट सोलभेन्ट र सारडा ग्रुपको पशुपति आयल गरि सातवटा रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]