३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ नारा सहित आजबाट तेस्रो बेटी सम्मेलन हुदै

Logo

काठमाडौं, माघ २७
तेस्रो राष्ट्रिय बेटी (छोरी) सम्मेलन आजबाट हेटौंडामा हुने भएको छ । सम्मेलनमा देशका विभिन्न स्थानबाट समाजका विभिन्न तह र तप्कामा रहेका महिला, महिला अधिकारकर्मी र महिला हितका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको उपस्थिति रहने छ ।
तिन दिने उक्त सम्मेलनमा समाजमा भईरहेका महिला हिंसा र महिलासँग संबन्धित कुप्रथाबारे विषेश छलफल गरिने छ । देशको सत्ता र शासनमा पनि महिलाले पुरुषसरह बराबर अधिकार पाउनु मागसहितको एजेण्डाबारे समेत सम्मेलनमा छलफल गरिनेछ ।
यो सम्मेलन माघ २६ देखी २९ गतेसम्म आयोजकले जनाएको छ । आयोजका अनुसार यस सम्मेलनमा देशभरबाट १०० जनाको सहभागिता रहनेछ जसमा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् ।
विसं २०७५ मा प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुर्व्यवहार ः शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन र विसं २०७६ मा प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढौं, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने नाराका साथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]