२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

त्रिशूली नदीमा बस खस्दा तीनको मृत्यु

१६ जनाको उद्धार, २६ बेपत्ता
Logo

काठमाडौं, श्रावण २४
धदिङको बेनीघाटमा सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ । ४५ यात्रु लिएर सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा १६ जना घाईते समेत भएका छन् । प्रहरीको अनुसार १६ जनाको उद्धार भईसकेको र थप २६ जना अझै बेपत्ता रहेका छन् । मृतक मध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको सनाखत भएको छ एकजनाको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त बसभित्र भने कोही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन् । बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल अचेत अवस्थामा भेटिएका छन् भने सहचालक प्रमोद चौधरी र कन्डक्टर ऋषि उप्रेतीलाई उपचारका लागी काठमाडौं लगीएको छ ।
शुक्रबार बिहान करिब ४ बजे ना ६ ख ७४६९ नम्बरको उक्त सृष्टि डिलक्स बस त्रिशूलीमा खसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]