१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर का ज्येष्ठ नागरिकलाई सम्मानित

Logo

विराटनगर, फागुन ८
विराटनगर–११ बुद्धविहार मार्ग अलकाटोलले ७१ औं प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक समाज विराटनगर–११ को समन्वयनमा समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र बुद्धविहार मार्ग अलकाटोलका अध्यक्ष यादनरसिंह कार्कीले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उक्त कार्यक्रममा कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, तारा नेपाल, बुद्ध ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित रचना प्रस्तुत गर्नुभएको हो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]