०८ पुष २०८२, मंगलबार
23-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपालबाट भारततर्फ पेट्रोलीयम पदार्थको तस्करी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७

विराटनगर , फागुन १४
नेपालको विभिन्न सिमानाकाबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुने क्रम बढेको छ । नेपालभन्दा भारतमा पेट्रोलीयम पदार्थको मुल्य बढी भएका कारण नेपालबाट हुने तस्करीले प्रोत्सान पाएको हो । दुई देशबिच इन्धनको मूल्यमा ठूलो अन्तर रहेकाले नेपालको सीमाक्षेत्रमा बसोबास गर्ने धेरै जसो स्थानियहरुले इन्धन तस्करीलाई नै मूल पेशा बनाएका छन् ।
नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्यमा ३५ रूपैयाँ २९ पैसा महंगो छ भने डिजेलको पनि प्रति लिटर ४१ रूपैयाँ ४३ पैसाको फरक छ । खुल्ला सिमानाका कारण तस्करी गर्न सहज भएका कारण पनी नेपाल आयल निगम र स्थानीय प्रशासनले तस्करी नियन्त्रण गर्न नसकेको हो ।
अर्को तर्फ मालसामान लिएर नेपाल आउने मालवाहक गाडीले पनि नेपालमै इन्धन भरेर जाने गरेका छन् । नेपाल आयल निगमले भारतीय गाडीलाई प्रति गाडी सय लिटर भन्दा बढी पेट्रोलीयम पदार्थ नदिने निर्देशन गरेको छ । तर सीमा छेउका पम्पहरुले भारतीय गाडीलाई नेपालमै फूल टंकी गरेर जान दिने गरेका छन् ।

तस्करी गरी लगेको तेल भारतका पम्पले बेच्ने भन्दा प्रति लिटर १० रूपैयाँ सस्तोमा भारतमा बिक्री हुने गरेको छ ।

तस्करीको विषयमा भारितय मिडियाहरुले समेत बारम्बार समाचारहरु लेखिरहेता पनि नेपल–भारत दुवै देशका संयन्त्रहरुले ईन्धन तस्करीलाई रोक्न सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]