०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

केन्द्रले थोत्रो गाडी पठाएपछि मुख्यमन्त्रीले किनेँ ल्यान्डक्रुजर

Logo

काठमाडौं,श्रावण २५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सातैवटा प्रदेशमध्ये सबैभन्दा महंगो गाडी चढ्ने मुख्यमन्त्री हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा हाल साढे २ करोड पर्ने टोयटाको ल्यान्डक्रुजर चढ्छन् । यति महंगो गाडी चढेपछि मुख्यमन्त्री गुरुङ सुबिधाभोगी भएको भन्दै अहिले देशैभरी आलोचना भईरहेको छ ।
आलोचना बढेपछि मुख्यमन्त्री गुरुङले महंगो गाडी चढ्नुपछिको रहस्य सार्वजनिक गरेका छन् । केन्द्र सरकारले प्रदेशको मुख्यमन्त्रीलाई अपमानजनक व्यवहार गरेकाले ल्यान्ड क्रुजर किन्न आफु बाध्य भएको गुरुङको भनाई छ । केन्द्र र प्रदेश सरकारबिच हुने बैठकमा भाग लिन काठमाडौं जादा संघिय सरकारले पटक पटक थत्रो, कमजोर, सानो र झण्डाबीनाको गाडी पठाएर मुख्यमन्त्रीहरुकै अपमान गर्ने गरेको उनले बताए ।

CM, Gurung

‘कुनै पनि संघिय सरकारको बैठकमा भाग लिन काठमाडौं पुग्दा ३ जानापनि नअट्ने सानो र थोत्रो गाडी मुख्यमन्त्रीको लागी संघिय सरकारले पठाउने गर्छ’ उनले थपे ‘एक दिन गौशालाबाट बैठकमा भाग लिन जादा जादै म चढेको गाडी बिच बाटोमै सिज भयो मैले त्यहाँ निजिक रहेको प्रहरीको साहयता लिएर बैठकमा आउनु पर्यो, यो भन्दा लज्जास्पद एउटा मुख्यमन्त्रीको लागी के हुन सक्छ ?’
केन्द्रिय सरकारको यस्तो व्यवहारले मुख्यमन्त्री जस्तो पदको गरिमा घटाएको उनको तर्क छ । उनले भने ‘ मलाई व्यक्तिगत रुपमा केही गर्नुपर्दैछ तर जब म प्रदेशको प्रतिनिधि भएर आएको हुन्छु त्यती बेला मेरो प्रदेशको इज्जतको सबाल हुन्छ र आफ्नो गण्डकी प्रदेशको प्रतिष्ठमा आँच आउने कुरा म सहन सक्दिन ।’
हाल भईरहेको आलोचनालाई कटाक्ष गर्दै मुख्यमन्त्रीले आढाई करोडको गाडी चढ्नु समान्य कुरा भएको गुरुङले प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]