२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विराटनगरको जस्मिन हाइजिनविरुद्ध भन्सार छली गरेको उजुर

Logo

विराटनगर, फागुन १५
विराटनगरको जस्मिन हाइजिन विरुद्ध भन्सारछली गरेको दाबी सहित राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । उक्त कम्पनी विरुद्ध विराटनगरकै एक व्यावसायीले शुक्रबार विभागमा उजुरी दिएका हुन् ।
उजुरमा जस्मिन हाइजिनका संचालक अनिल/पुनित सारडाले भन्सार मूल्याङ्कन कम गरी ठुलो परीमाणमा तयारी सेनिटरी प्याडहरु नेपाल भित्र्याएको दाबी छ ।
भन्सार सन्दर्भ पुस्तीकमा तयारी सेनिटरी प्याडको प्रतिगोटा ४ देखि ६ रुपैयाँसम्म मुल्य कायम गरीएको छ । आयतकर्ताले जे जति मुल्यमा सेनिटरी प्याड आयत गरेतापनि भन्सार भने सन्दर्भ पुस्तीकामा तोकिए बमोजिमनै तिर्नुपर्छ । तर उक्त कम्पनीले सेनिटरी प्याडको भन्सार मूल्याङ्कन १ रुपैयाँ १२ पैसा कायम गरी नेपाल भित्र्याएको उजुरमा उल्लेख छ ।
यसरी भन्सार मूल्याङ्कन कम गरेर सेनिटरी प्याड नेपाल भित्र्याउदा सो कन्साइनमेन्टमा मात्र राज्यलाई लाखैको राजस्व क्षति भएको ठहर छ ।
विराटनगर भन्सारबाट मात्रै यस आर्थिक वर्षको पुस मसान्तसम्म दुई करोड ९३ लाख ४३ हजार छ सय तीन थान सेनिटरी प्याड आयात भएको छ । जसमा भन्सार मुल्याङक्न घटाएरलाई कराडौंको घपला गरिएको अनुमान गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]