२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मौदृक नितिको प्रभावकारी कार्यान्वयनले निजि क्षेत्र तग्रियो : गभर्नर अधिकारी

Logo

विराटनगर २८ फागुन ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैकले ल्याएको मौदृक नितिलाई निजि क्षेत्रले आत्मासाथ गरिदिएको कारण महामारी लगतै आर्थिक क्षेत्र सुधार आएको बताएका छन् ।
उद्योग संगठन मोरङको ४८ औ वार्षिक साधारण सभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगको कारण चाडै आर्थिक सुधार सम्भव भएको बताएका हुन।
कोभिड १९ महामारीको कारण निम्तिएको लकडाउनको समयमा कसरी ऋण तिर्ने,कसरी किस्ता बुझाउने भन्दै आत्माहत्या गर्ने भन्ने सम्मका एसएमएस आउने गरेको उनले बताए । ‘भएको सबै सम्पति बैंकमा छ । मत आत्माहत्या पो गर्नु पर्छ क्या हो भन्ने सम्मका एसएमएस आउने गर्थेे,’–उनले भने ।
महामारीको अवस्थामा मौदृक निति बनाउन निक्कै चुनौति रहेको अवस्थामा निजि क्षेत्रले सहयोग गरेको गभर्नर अधिकारीले बताए । निति बनाउन मात्र नभएर त्यसको कार्यान्वयनमा पनि निजि क्षेत्रको महत्व पूर्ण भूमिका रहेको उनले सुनाए । निजि क्षेत्रले प्रसंसा गरेको मौदृक नितिलाई कार्यान्वयनमा सहयोग गरेर प्रभावकारी बनाई दिएको उनले जिकिर गरे ।
मौदृक नितिले व्यवसायीलाई थप कर्जा १०,२० प्रतिसत र एडिसनल समेत दिएको कारणले व्यवसायीलाई व्यवसाय अगाडी बढाउन सहयोग पुगेको उनले बताए । ‘नेपाल सरकारले गर्न सक्ने सम्मको सबै सहयोग गरेको हो,’ उनले भने ‘ नजि क्षेत्रले पनि त्यसको भरपुर प्रयोग गरेर त्यसलाई सफल बनाई दियो ।’
कार्यक्रममा प्रधानमन्त्रि केपि शर्मा ओलीका आर्थिक सल्लाहकार मोति दुगडले उद्योगीलाई प्रोत्साहित गर्ने भने पनि सरकारी निकायमा त्यस्तो व्यवहार पाउन नसक्ने गरेको जिकिर गरे । उनले उद्योगी,व्यापारीलाई अझै पनि दुई नम्बरी ,चोर र फटाहको रुपमा हेर्ने गरेकोमा दुख व्यक्त गरे । उनले सबै भन्दा बढी देशको समृद्धिमा सहयोग गर्ने क्षेत्रलाई सम्मान गरिनु पर्ने बताए ।
नेपाल उद्योग बाणीज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ पछि नेपालको अर्थतन्त्रमा धेरै सुधार आएको बताए । उनले केहि क्षेत्रबाहेक अधिकांस क्षेत्र अर्थिक रुपमा तङग्री सकेको उनले बताए । कोभिड पछि निजि क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउनुमा नेपाल राष्ट्र बैंकले लिएको मौदृक निति कारण रहेको उनले जिकिर गरे । देशको समृद्धिको लागी भिजन पेपर बनाएर सरकार सँग सहकार्य गरेर अगाडी बढने तयारी भइरहेको उनले जानकारी दिए । कार्यक्रममा अध्यक्ष गोल्छाले निजिक्षेत्र एउटै सोचको साथ अगाडी बढनु पर्ने आजको आवश्यकता रहेको जिकिर गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोहर,नेपाल च्याम्बरस अफ कमर्सका राजेन्द्र मल्ल,विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कार्यक्रममा सम्बोधन गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर महत्व पुर्ण योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]