१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बालाजु बाइपास सडक भ्रम र यथार्थ : सार्वजनिक जग्गामा आँशुको व्यापार

Logo
✍ बटुकराज गिरि

काठमाडौं , चैत्र ३
सरल रेखामा विकासका गतिविधि हुनु र सडक कालोपत्रे हुनु सामान्य नै हो । दैनिक सयौं किलोमिटरका दरले देशभर देशभरका सडक कालोपत्रे भइरहेकै छन् । नेपाल सरकारले भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालय मार्फत् समृद्धिको यात्रामा सडकलाई व्यवस्थित पारिरहेकै छ ।
तर काठमाडौंको बालाजु बाइपासको सडकको व्यथा अलिक फरक थियो । अन्ततः जनताको जित भएको छ । काठमाडौंको उत्तरी क्षेत्रको विकासको सुनौलो ढोका सुन्दर बनेको छ भने केरुङ नाका प्रस्थानविन्दु अब सफा र फराकीलो बनेको छ । २०६९ सालदेखि नै बालाजुको बाइपास सडकमा स्वार्थ समूहको अनावश्यक प्रवेशले गिजोलिएको थियो ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको सडक विस्तार योजना अन्तरगत बाइपासमा काम भएको थियो । २०७० देखि २०७२ सालसम्ममा त्यहाँका लालपुर्जा भएका चारसहित सार्वजनिक जग्गामा समेत निर्माणाधिन अस्थायी संरचनाहरु क्षतिपुर्तिसहित हटाएर निर्माण थालिएपनि पछिल्लो समय अभियान्ताका नाममा नारायण वाग्लेसमेतले राजनीतिकरणको प्रयास गरेका थिए ।
अदालतको स्टे अर्डर भन्ने बाहेक अभियान्तासँग कुनै दशी प्रमाण नै थिएन । २०७६ साउन १३ गतेको सम्मानित सर्वोच्च अदालतको आदेशबारे अभियान्ताहरु बेखबर बन्ने र २०७२ को स्टे अर्डरको घोकान लगाउनेहरुलाई अब बाइपास सडकको सुन्दर मुहारले कुरीकुरी भनिरहेको छ । बालाजुमा ४÷५ वटा घर भएकाहरु र दश रोपनी जग्गासमेत भएकाहरु पनि सुकुम्बासी भएँ भन्दै कराउँदै हिड्ने र सामाजिक सञ्जाल र केही मिडियामा रोइलो गरेर हिड्नेहरुबारे स्थानीय चिरपरिचित छन् । सुकुम्बासी भएँ भन्नेहरुको महलले उनीहरुलाई नै गिज्याईरहेको होला सयद यतीबेला ।
अभियानका नाममा आफ्ना स्वार्थ पूर्तिका लागि स्थानीयको अवमुल्यन गर्ने र बिकास रोक्न खोज्नेका विरुद्ध बालाजु बाइपासबासी र उत्तरी क्षेत्रका सबै सर्वसाधारण जागरुक भएका थिए, र छन् पनि । सामाजिक सद्भाव भड्काउने र सदिऔंदेखि बस्दै आएकाहरुको हुर्मत लिन खोज्नेका विरुद्ध बाइपासबासी सधैं एक भएर उत्रिएका थिए । सार्वजनिक सम्पतिको अपचलन गर्न खोज्नेहरुको असफल प्रयासका विरुद्ध स्थानीय एकजुट भएसँगै सडक कालोपत्रे भएको छ । बाहिरबाट झिकाइएकाहरुको एकैछिनको रमाइलो स्थानीयका लागि सैह्य हुने कुरै भएन । अझ पीडित भनिएका केही व्यक्तिहरुसमेत कथित अभियान्ताको जालोमा नराम्रोसँग फस्न पुगे । आफ्नै दाजुभाइका विरुद्ध बाहिरका मान्छे ल्याएर गरिएको रोइलो नै उनीहरुका लागि भारी सावित भएको छ ।
अभियान्ताको निश्चित योजना र स्वार्थमा फसेर गरिएको रोइलोले अब कुनै समाधान दिन सक्दैन । स्थानियबीच झगडा गराउन खोज्नेहरुले अब के पीडित भनिएकाहरुलाई सधैं बोकेर हिड्लान् त ? अन्यत्र सरकारी सम्पती र जमिन संरक्षण भएन भन्दै कराउने अभियान्ताहरुले बाइपासमा चाँही किन सरकारी सम्पती संरक्षणको विरोध गरिरहेका हुन् कुन्नी ? बाइपासमा आएर सार्वजनिक सम्पतीमा किला गाड्ने र बाइपासलाई मसानघाट बनाउन खोज्नेहरुको पराजय भएको छ । अझ विकास रोक्न अन्य विषयसँग समेत यो सडकलाई जोड्न खोजिएको थियो । बाहिरी दुनियाँले त सुन्ने मात्र हो, व्यावहार र भोगाइ त स्थानीय सँगै छ ।
बिभिन्न स्थानबाट झिकाइएका मानिसहरुको जालोमा फसेर केहि मिडीयाले समेत भ्रम र आँसुको व्यापार राम्रै सँग गरे । व्यापार गरेपछि त उनीहरुलाई नाफै भयो होला, तर उनीहरुको विश्वसनीयता त शुन्य भयो स्थानीयका लागी । सार्वजनिक जग्गा अतिक्रमण गरेर टहरा निर्माण र स्तरोन्नतीसँग घर बनाउन पुगेकाहरुलाई अब राज्यले कारबाही गर्न जरुरी छ ।
स्थानीयलाई निरन्तर तनाब दिन खोज्ने र सद्भाव भड्काउन खोज्ने कथित अभियान्ता र केही मिडीयालाई स्थानियकको नाममा अभियानको व्यापारीकरण बन्द गर्नु जरुरी देखिन्छ । घर जग्गाको लालपुर्जा र कित्ता नम्मरसहित बिकासका पक्षमा उभिएका स्थानियहरु सडक निर्माण होस भन्ने चहान्छन ।
बालाजुको उत्तरी क्षेत्रका स्थानिय बिगत ७÷८ वर्षदेखि रोकिएको सडक निर्माण सम्पन्न हुँदा अत्यन्तै हर्षित भएका छन् ।
स्थानीयको भनाई छ “बाइपास हाम्रो हो । यसलाई अझै सुन्दर बनाउँदै उत्तरी क्षेत्रको नमुना बनाउँछौं । अझै धेरै काम बाँकी छन् । कालिमाटीतिरका धुर्तहरुले बुझुन् । हामी मिडियाकर्मीलाई पनि विनम्रतापुर्वक अनुरोध गर्दछौं कि हाम्रो बाइपासका विषयमा बाहिरकासँग कुराकानी गरेर समाचार सम्प्रेषण बन्द गर्नुहोला । सबै सुचना र प्रमाण दिन हामी तयार छौं ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]